स्वतन्त्र विद्यार्थी युनियनले विराटनगरमा फुटसल प्रतियोगिताको आयोजना गर्ने

<span class='c1'>स्वतन्त्र विद्यार्थी युनियनले विराटनगरमा</span> <span class='c2'>फुटसल प्रतियोगिताको आयोजना गर्ने</span>

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

दोस्रो इन्टर एमएमएएमसी दशैँ कप फेस्टिबल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको हो।

असोज १७ गतेदेखि १९ गतेसम्म जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले २१ हजार रुपैया नगद र दोस्रो हुने टीमले ११ हजार रुपैया नगद पुरस्कार साथै अन्य उपहारहरु पाउने स्वतन्त्र विद्यार्थी युनियनका सभापति जसवन्त पौडेलले बताए । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्ने आयोजकले जनाएको छ ।

तेस्रो संस्करणको प्रतियोगिताको दोस्रो संस्करण जित्ने टिमले आयोजना गर्ने सभापति पौडेलले जानकारी दिए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्