नेपाल-भारत मैत्री संघद्धारा बाढी-पहिरो पीडितलाई राहत हस्तान्तरण

<span class='c1'>नेपाल-भारत मैत्री संघद्धारा बाढी-पहिरो</span> <span class='c2'>पीडितलाई राहत हस्तान्तरण</span>

काठमाडौं । नेपाल-भारत मैत्री संघले बाढी-पहिरो पीडितका लागि राहत हस्तान्तरण गरेको छ ।

बिहीबार संघले नेपाल चिकित्सक संघमार्फत पीडितलाई संघको केन्द्रीय कार्यलयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो ।

राहत हस्तान्तरण पछि नेपाल-भारत मैत्री संघका केन्द्रीय महासचिव बोहोतकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भइ चपेटामा परेको अवस्थामा आफूहरुले चिकित्सक संघमार्फत एउटा सानो सहयोग पीडितसम्म पुर्‍याउनलाई पहल गरेको जानकारी दिए । उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिमित्सक संघमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पुर्‍याउनलाई एउटा पहल गरेका छौं ।’

त्यस्तै चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले नेपाल-भारतमैत्री संघले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवासँगै जोडेर पीडितलाई उपलब्ध गराउने जानकारी गराए । उनले भने,‘अहिले पीडितलाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौं । आगामी दिनमा पनि नेपाल-भारत मैत्री संघको सहकार्य निरन्तर रहने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्