एनपिएल अक्सनमा कोशी प्रदेशबाट ८ जना खेलाडी सहभागी हुने (नामसहित )

<span class='c1'>एनपिएल अक्सनमा कोशी प्रदेशबाट ८ जना</span> <span class='c2'>खेलाडी सहभागी हुने (नामसहित )</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा कोशी प्रदेशबाट ८ जना खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार अक्सनमा सहभागी हुने खेलाडीको सार्वजनिक गरेको सुची अनुसार कोशीका ८ जनासहित १ सय ४२ खेलाडी सहभागी हुने भएका हुन्।

क्यानले असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । एक साताको अवधीमा कुल ४ सय २६ नेपाली खेलाडीले अक्सनको लागि आफ्नो नाम दर्ता गराएका थिए ।

नाम दर्ता गराएका खेलाडीहरुलाई क्यानले सर्ट लिस्ट गरि १ सय ४२ खेलाडीको अन्तिम सुची प्रकाशित गरेको हो । जसमा क्याटागोरी ‘ए ‘ २७, ‘बी’मा ३८ र ‘सी’ मा ७७ जना खेलाडी समावेश छन् ।

तर, ४ सय २६ जनामा रहेका मध्ये कुनै खेलाडीलाई लिगमा सहभागी ८ टिमले राख्न चाहेमा शुक्रबारसम्ममा अधिकतम ३ खेलाडीको नाम बुझाउन सक्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

कोशी प्रदेशबाट क्याटागोरी ‘ए ‘ मा ललित राजबंशी,'बी' मा दिपेश प्रसाद कडेल, 'सी' मा कलम खत्री,सुजन थपलिया,श्रवण यादव,अंकित यादव,कार्तिक कामत र फिर्दोश अन्सारी रहेका छन्। विराटनगर किंग्सका मालिक पूर्व क्रिकेटर समेत रहेका पारस लुनिया हुन्। यसभन्दा अघि पनि भएको पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा सहभागी भएको लुनिया विराटनगरका मालिक थिए ।

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको अक्सन आइतबार काठमाडौंमा हुनेछ । लिगमा सहभागी रहने विदेशी खेलाडी भने टिमले सिधै अनुबन्ध गर्न पाउने छ । ८ टोली सहभागी रहने एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्