विराटनगरका मेयर कोइरालाद्वारा फुटसल प्रतियोगिताको उद्घाटन

<span class='c1'>विराटनगरका मेयर कोइरालाद्वारा</span> <span class='c2'>फुटसल प्रतियोगिताको उद्घाटन</span>

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

बिहीबार प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

दोस्रो इन्टर एमएमएएमसी दशैं कप फेस्टिबल प्रतियोगिताको मेयर कोइरालाले बल हानेर उद्घाटन गर्नुभएको हो । जम्बोरी नेक्सस लाउञ्चको खेल मैदानमा शनिबारसम्म प्रतियोगिता हुने भएको आयोजक स्ववियूका सभापति जसवन्त पौडेलले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा पुरुषतर्फ ४ वटा संकायबाट १४ वटा टिम र महिलातर्फ ८ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ नगद र दोस्रो हुने टिमले ११ हजार रुपैयाँ नगद पुरस्कार साथै अन्य आकर्षक उपहारहरु पाउने सभापति पौडेलले बताउनुभयो ।

मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकाससँगै अनुशासन सिकाउने बताउनुभयो । उहाँले खेलका माध्यमबाट आणविक र आर्थिक रुपमा जतिसुकै शक्तिशाली मुलुकलाई पनि परास्त गर्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने सभापति पौडेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्