दशैंमा विराटनगर छोड्ने र आउने बढ्न थाले

<span class='c1'>दशैंमा विराटनगर छोड्ने र</span> <span class='c2'>आउने बढ्न थाले</span>

इन्दु साह
विराटनगर । विराटनगरबाट दैनिक ५ सय यात्रु बाहिरी गरेका छन् । यहाँ अध्ययनका लागि आएकाहरु परीक्षा सकाएर फर्कदैं गएका हुन् । यदि परीक्षामा सामेल भईरहेकाहरु समेत फर्कन जोरजाम गर्न थालेका छन् ।

दशैँ भित्रिएसँगै विराटनगरबाट आ–आफ्नो घर जाने विद्यार्थी, जागिर भएका, बाहिरबाट आएर व्यापार गरि बसेकाहरुले अब विस्तारै घर फर्कने मनस्थिति बनाउन थालेका छन् । यस वर्षको दशैँलाई पानीले गर्दा प्रभाव पारिरहेको छ । त्यहि भएर पनि अलिक चाँडै फर्कने मानसिकतामा बनाउनेहरु पनि रहेका छन् ।

विराटनगरबाट बाहिरीने मात्रै नभई भित्रने समेत उस्तै हुने गरेको छ । वर्षेनी २० देखि ३० हजार भित्रने र २० देखि १५ हजार बाहिरीने गरेको सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालिका अध्यक्ष राजन कँडेलले जानकारी दिए । विगतका दशैँमा काठमाडौंबाट विराटनगर आउनेको संख्या बढी थियो । तर, यस पटकको वर्षातले विभिन्न स्थानका सडक अवरोध भएकोले यस पटक कम यात्रु आउने सम्भावना रहेको छ ।

कँडेलको अनुसार यस पटक काठमाडौंबाट विराटनगर आउन हवाई माध्यम धेरैको विकल्पमा रहे पनि हवाई भाडादरको महंगीले सबै जना आउन नसक्ने सम्भावना पनि छ । विराटनगरबाट ५ सय नागरिक दैनिक बाहिर जान थालेका छन् । हेटौडा, विरगन्ज, बारा, पर्सा, हिले,ओखलढुंगा, सप्तरी, उदयपुर, सिरहा, लगायत विभिन्न स्थानका नागरिक फर्कने गरेका छन् । त्यसमा पनि अहिले पहाडी जिल्ला फर्कने धेरै रहेका छन् ।

विराटनगरबाट काठमाडौं चल्ने १७ वटा कम्पनीका ३४ भन्दा बढी ठूला बस छन् । १५ माइक्रोबस रहेको छ । यात्रुहरुलाई सहजीकरण गर्ने उद्देश्यका साथ विराटनगरका विभिन्न तिन स्थानमा यात्रु सहायता कक्ष संचालनमा छ । यस पटक दशैँको टिका असोज २६ गते परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्