नेपाल र बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता

<span class='c1'>नेपाल र बङ्गलादेशबिच औपचारिक</span> <span class='c2'>रूपमा विद्युत् व्यापार सम्झौता</span>

काठमाडौं । नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बङ्गलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो । पछिल्लो सम्झौता अनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने छ । नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन भने सकेको थिएन ।

नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्