विराटनगरमा ‘हेरिटेज किचन’ संचालनमा

<span class='c1'>विराटनगरमा ‘हेरिटेज</span> <span class='c2'>किचन’ संचालनमा</span>

विराटनगर । विराटनगरमा 'हेरिटेज किचन' संचालनमा आएको छ ।

स्वादका पारखीहरु तथा अतिथ्यताको चाहनालाई मध्यनजर गर्दै विराटनगरको जलजला चौकमा बिहीबारदेखि किचन संचालनमा आएको हो।

युवा व्यवसायी दिपेन्द्र घिमिरे र संजीव बस्नेतले संयुक्त लगानीमा सुरु गरेको यस किचनमा स्थानीय र अन्तर्राष्ट्रिय परिकारको विविध मिश्रण पाइन्छ। संचालक दिपेन्द्र घिमिरेका अनुसार, "हेरिटेज किचनमा म:म, थकाली खाना, बर्गर, पिज्जा, स्पाइसी विंग म:म र चिकेन टिमुरे यहाँको विशेष परिकारको रुपमा रहेका छन्।"

त्यसैगरी, भेज परिकारमा मुस्ताङ आलु, पनिर पकौडा र क्याफी रोल लगायतका व्यञ्जन पनि उपलब्ध रहेको उनले जानकारी दिए।

किचन संचालनमा आएको अवसरमा दशैँभरी १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अर्का संचालक संजीव बस्नेतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्