विराटनगरमा माल बाहक गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

<span class='c1'>विराटनगरमा माल बाहक गाडीको</span> <span class='c2'>ठक्करबाट साइकल यात्रीको मृत्यु</span>

विराटनगर । विराटनगर १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका ६:४५ बजेको समयमा आइसीपी जादै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साईकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो ।

टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाईते उनलाई उपचारको लागि बिराट नर्सिङहोम पठाइएको थियो । चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका ७:३० बजे मृत घोषणा गरेका थिए । जिल्ला ट्राफिक प्रमुख राजन लम्सालका अनुसार ट्रक चालक फरार छन् ।

ट्रक र साईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्