काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन दिउसो ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।
पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।