काठमाण्डौंबाट विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना, पन्ध्रजना घाईते

<span class='c1'>काठमाण्डौंबाट विराटनगर फर्कदै गरेको हायस</span> <span class='c2'>सिन्धुलीमा दुर्घटना, पन्ध्रजना घाईते</span>

विराटनगर । यात्रु लिएर विराटनगर फर्कदै गरेको हायस सिन्धुलीमा दुर्घटना भएको छ । काठमाडौंबाट १९ यात्रु बोकेको बा ५ ख ६६१८ नम्बरको हायसका १५ जना यात्रु घाइते भएका हुन् ।

शुक्रबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा दुर्घटना भएको हायसमा विराटनगरसहित कोशी प्रदेशका यात्रुहरु रहेका थिए । घाइतेहरू मध्ये ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । केही यात्रुलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ ।

घाईते हुनेमा हायस चालक जिल्ला मोरङ सुन्दरहरैचा ९ का अनुज सुन्दासको दुबै खुट्टामा चोट लागेको छ । यसैगरी अर्का चालक सुन्दरहरैचा ९ का प्रकाश उप्रेती खुट्टामा चोट लागेको छ । उनको उपचारका लागि घोपा पठाइएको छ । यसैगरी सुनसरी ईटहरी उपमहानगरपालीका १९ का सिसम घिमिरेको दाहीने खुट्टामा सामान्य चोट झापा बिर्तामोड ५ का समिर तामाङ दाहिने खुट्टामा चोट ईटहरी उपमहानगरपालिका ६ कि बिजया तिमल्सीना टाउकोमा चोट ,बाँया हातमा चोट लागेको छ ।

मोरङ लेटाङ ६ का गोपाल नेपाली मुखमा र हातमा चोट, दिपेश राई मुखमा चोट, मिक्लाजुङ, मधुमल्लाका बम बहादुर खड्का दाहिने खुट्टामा चोट, पांचथर याङ्वरक ४ बिक्रम सुन्दास दाहिने खुट्टा मुखमा चोट, सुजन सुन्दास हातमा, धनकुटा मदलक्ष्मी १ का गोरख बुढाथोकी टाउको खुट्टामा चोट लाागेको छ । मोरङ सुन्दर हरैचा १ का उपेन्द्र खतीवडा नाक छाती हातमा चोट, मधुमल्लाका नेत्र बहादुर खड्का हात मुखमा चोट, बिराटनगर महानगरपालिका ८ का अतुल कटुवाल निधारमा चोट र तेह्रथुमका निर बहादुर लिम्बु दाहिने खुट्टा र पेटमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्