विराटनगरमा ‘श्री शिवम् ज्वेलेर्स’ संचालनमा

<span class='c1'>विराटनगरमा ‘श्री शिवम्</span> <span class='c2'>ज्वेलेर्स’ संचालनमा</span>

विराटनगर । विराटनगरमा नयाँ ज्वेलरी पसल 'श्री शिवम् ज्वेलेर्स' संचालनमा आएको छ। शुक्रबारदेखि विराटनगर-९ ठाकुरबाडी रोडमा ज्वेलर्सको पहिलो शाखा संचालनमा आएको हो।

संचालक विकास न्यौपानेका अनुसार, ग्राहकहरूलाई शुद्ध सुन र चाँदीका उत्कृष्ट डिजाइनका सामग्री उपलब्ध गराउने उद्देश्यले यो पसल स्थापना गरिएको छ। उद्घाटनको अवसरमा ज्वेलर्सले विशेष अफरहरू ल्याएको छ, जसमा विभिन्न प्रकारका गहना निर्माणमा ३० प्रतिशतसम्म ज्यालामा छुट दिने घोषणा गरिएको छ।

श्री शिवम् ज्वेलेर्समा रानी हार, नेकलेस, तिलरी, कण्ठ, झुम्का, एयरिङ, चेप्टे सुन, चोकर, औंठी, हार, कुण्डल, चुरा लगायतका विभिन्न प्रकारका गहनाहरू उपलब्ध छन्। साथै, ग्राहकहरूको रुचि अनुसार कस्टम डिजाइनका गहनाहरू बनाउने सेवा पनि प्रदान गरिने जनाइएको छ।

ज्वेलर्सले नेपाली परम्परागत गहनाहरू, विदेशी डिजाइनका गहनाहरू, र नेपाली तथा विदेशी डिजाइनको मिश्रण भएका गहनाहरूको निर्माण र बिक्री गर्ने बताइएको छ।

उद्घाटन समारोहमा लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरूलाई आकर्षक उपहार प्रदान गरिने कार्यक्रम रहेको संचालक न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्