विराटनगरमा शनिबार सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा दाहाल–कोइराला, साम्बा–यादवको जोडी प्रथम

<span class='c1'>विराटनगरमा शनिबार सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा</span> <span class='c2'>दाहाल–कोइराला, साम्बा–यादवको जोडी प्रथम</span>

विराटनगर । विराटनगर ब्याडमिन्टन क्लव (बीबीसी) ले दुई समूह चरणका ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । फाइनलमा समूह ए बाट ध्रुव दाहाल र लक्ष्मण कोइराला तथा बी समूहबाट पूर्व सांसद कुलप्रसाद साम्बा (कुशल लिम्बू) र कुलदिप यादवको जोडी प्रथम भएको थियो ।

यस्तै ए बाट रिन्जे गुरुङ र फुर्तेम्बा शेर्पा दोस्रो, अजेश मण्डल र नवराज कर्णको जोडी तथा निराकार बज्राचार्य र डा रोहित यादवको जोडी तेस्रो भएको थियो ।

समूह बी बाट नरेश तुम्रोक र शरण यल्सोको जोडी दोस्रो, महानन्द सापकोटा र भरत प्रसाई तथा शम्सेर राई र हरिकुमार राईको जोडी तेस्रो भए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई र प्रहरी उपरीक्षक नवराज कार्की भने क्वाटर फाइनलबाटै आउट भएका थिए । यो जोडीलाई महानन्द सापकोटा र भरत प्रसाईको जोडीले पराजित गरेको थियो ।

बिजेता खेलाडीहरुलाई प्रजिअ भट्टराई, पूर्व सांसद लिम्बू, शिक्षासेवी रबिन दाहाल, पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हृदयनारायण मण्डल लगायतले शिल्ड तथा पुरस्कार प्रदान गरे । क्लवका सचिव मिलन नेम्वाङका अनुसार बीबीसीमा आवद्ध आजिवन सदस्य र साधारण सदस्यहरु प्रतियोगितामा सामेल भएका थिए । क्लबमा करिव एक सय जना आजीवन र साधारण सदस्य रहेका छन् । खेलाडीले दिने मासिक सामान्य शुल्कबाट क्लब सञ्चालन हुँदै आएको छ ।

नियमित ब्यायामका लागि खेलिने खेलबाट सक्षम भएर विराटनगरको धेरै जनाले प्रदेश र संघमा उमेर समूहबाट पुरस्कारहरु जित्दै आएको क्लवका सल्लाहकार किशोर पाण्डेले बताए । एसियाली स्तरको ब्याडमिन्टन प्रशिक्षक रहेका पाण्डेले सिकाएका खेलाडी हाल नेपालमा चर्चित छन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सामेल हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्