बाढी पहिरोले कोशी प्रदेशमा चार अर्ब ६३ करोड बराबरको भौतिक संरचना क्षति

<span class='c1'>बाढी पहिरोले कोशी प्रदेशमा चार अर्ब</span> <span class='c2'>६३ करोड बराबरको भौतिक संरचना क्षति</span>

विराटनगर । गत असोज ९–१२ परेको अबिरल वर्षापछि आएको बाढी र गएको पहिरोका कारण कोशी प्रदेशका १४ जिल्लामा मात्रै चार अर्ब ६३ करोड ५० लाख बराबरको भौतिक संरचना क्षति भएको छ । बाढी तथा पहिरोले क्षति पु¥याएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि चार अर्ब बढी रकम कोशी प्रदेशका १४ जिल्लालाई आवश्यक पर्ने भएको हो ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका आयोजनामा समेत ठूलो क्षति पुगेको हो । यसमा संघीय सरकार अन्तर्गतका आयोजनाको समावेश छैन । भौतिक विकास तथा पूर्वाधार मन्त्री भुपेन्द्र राईका अनुसार क्षतिग्रस्त संरचनामध्ये पनि इलाम नगरपालिकाको सडक निर्माण तत्काल गर्ननसक्ने अवस्था दखिएको छ । हालसम्म प्राप्त भएका आंशिक र पूर्ण क्षति भएका आयोजनाहरु तत्काल मर्मत गर्ने प्रक्रिया बढाईने छ ।

आंशिक क्षतितर्फ मर्मत गर्नका लागि एक अर्ब २ करोड ५० लाख लाग्नेछ । पाँचथरमा दुई सडक, चार सडक पुल र तीनवटा झोलुङगे पुलमा क्षति पु¥याएको छ । यसका लागि पचसा करोड रुपिँया आवश्यक पर्नेछ । यसैगरी संभुवासभामा सडक पुल र झोलुङ्गे पुलमा क्षति पु¥याएको छ । भोजपुरमा चार सडकमा क्षति पु¥याएको छ । पत्रकार सम्मेलनमा दिइइको जानकारी अनुसार सोलुमा दुई सडक, दुईवटा सडक पुल, ओखलढुंगामा ८ वटा सडक, ३ वटा सडक पुल र ५ वटा झोलुङ्गे पुलमा आंशिक्ष्क क्षति पुगेको छ ।

उदयपुरका ११ सडकमा क्षति पुगेको छ । यसैगरी खोटाङमा २३ सडकमा, झापा ३ वटा सडक पुलमा, इलाममा ६ वटा सडक २ वटा सडक पुलमा क्षति पुगेको छ । यसरी आशंकि क्षतितर्फ मात्रै ६० स्थानमा सडक, १५ वटा सडक पुल र १७ वटा झोलुङ्गे पुल छन् । आंशिक क्षति भएका यी संरचना मर्मत गर्न मात्रै एक अर्ब २ करोड ५० लाख आवश्यक पर्ने जनाइएको छ ।

यसैगरी पूर्ण क्षति भएका संरचनातर्फ पाँचथरमा तीनवडा सडक आंशिक ताप्लेजुङमा एउटा सडक पुल र झोलुङ्गे पुल पूर्ण क्षति भएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्