विराटनगर होटल रत्नाको सम्राट क्यासिनोमा नयाँ साझेदार भित्रिए, दिपक गुरुङसँग उद्योगी चौधरी र घिमिरेको साझेदारी

<span class='c1'>विराटनगर होटल रत्नाको सम्राट क्यासिनोमा नयाँ साझेदार भित्रिए,</span> <span class='c2'>दिपक गुरुङसँग उद्योगी चौधरी र घिमिरेको साझेदारी</span>

विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनो नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ । विराटनगरका उद्योगी विकास चौधरी, पुष्पलालचौकका ध्रुव घिमिरे र दिपक गुरुङले पार्टनरसीप लगानीमा क्यासिनो सम्राट सञ्चालनमा आएको हो । पन्ध्र करोड मूल्यांकन भएको सम्राट क्यासिनो दिपक गुरुङको हो । यसमा दुईजना पार्टनर जोडेर क्यासिनो सञ्चालनमा आउने भएको छ ।

पुरानो व्यवस्थापनले मालवस्तु आपूर्तिकर्ताको रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो गर्दै आएका थिए । आइतबारसम्म पनि मदिरा, मासु, अण्डा, तरकारीसहित विभिन्न आइटमहरु सप्लाई गर्दै आएका व्यक्तिहरुको रकम दिइएको थिएन । सप्लायर्सहरुले आइतबार त्यहाँ धर्ना कसेर पैसा मागिरहेको बेला नयाँ व्यवस्थापनले पैसाको जिम्मेवारी लिदैं सोमबार नै भुक्तानी गर्ने प्रतिवद्धता जनाएका छन् । झण्डै २५ लाख बराबर भुक्तानी दिन बाँकी रहेको बखत गत साउनमा केहिदिन बन्द थियो

सरकारले चालु आर्थिक वर्षका लागि अग्रिम आय कर दाखिला गर्नुपर्ने प्रावधान ल्याएर गत वर्षको असार ३१ गतेसम्म म्याद दिएको थियो । कर बुझाउन नसकेपछि सरकारले साउन २ गते पत्र काटेर बन्द गर्न निर्देशन दिएको थियो । निर्देशनपछि सम्राटले १५ दिनको म्याद माग्दै उच्च अदालत विराटनगरबाट स्टेअर्डर लियो । त्यसका आधारमा साउन १६ गतेभित्र दुई करोड रुयैँया दाखिला गर्नुपर्ने थियो । त्यो कारोबार मिलाएपनि सप्लायर्सको भुक्तानी दिएको थिएन । नयाँ व्यवस्थापन आएपछि त्यो सबै कारोबार मिलाउने सोमबारसम्मको समय मागेका हुन् ।

त्यसका लागि एकजना मारवाडी युवालाई सप्लायर्ससँग कुरा गर्न आइतबार पठाइएको थियो । उनले आफु जिम्मेवारीमा बसेर पैसा भुक्तानी गर्ने बाचा कसेपछि सप्लायर्सहरु फर्किएका थिए । सरकारले मिनी क्यासिनोलाई दुई करोड र ठूलोलाई पाँच करोड रुपैँया अग्रिम कर दाखिला गर्नका लागि आर्थिक ऐनमार्फत बाध्यकारी व्यवस्था जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्