पीडादायी अवस्थामा सबै मिलेर अघि बढ्न गृहमन्त्रीको आग्रह

<span class='c1'>पीडादायी अवस्थामा सबै मिलेर</span> <span class='c2'>अघि बढ्न गृहमन्त्रीको आग्रह</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन् ।

आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासो र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘राजनीतिक दलहरु हिजो पनि विपदमा एकजुट भएर सामाना गरेको इतिहास छ । अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ।’उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट संभव नभए हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत पुर्‍याउन निर्देशन दिए ।

ललितपुरमा विपदमा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । मन्त्री लेखकले पूणर् रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन आग्रह समेत गरे । उनले भने,‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्वन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस् ।’

बैठकमा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, डा. तोसिमा कार्की, प्रेमबहादुर महर्जन लगायतले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्