‘नेपहपको श्रीपेच २’ मा विराटनगरका मनिष ढकाल दुई पटक ‘पर्फमर अफ द वीक’ घोषित

<span class='c1'>‘नेपहपको श्रीपेच २’ मा विराटनगरका मनिष ढकाल</span> <span class='c2'>दुई पटक ‘पर्फमर अफ द वीक’ घोषित</span>

विराटनगर । 'नेपहपको श्रीपेच २' मा विराटनगरका मनिष ढकाल दुई पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका छन्।

विराटनगरका युवा मनिष ढकाल चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच'को दोस्रो संस्करणमा उत्कृष्ट ११ मा प्रवेश गर्दै दुई पटक ‘पर्फमर अफ द वीक’ घोषित भएका हुन्। उनी सिजन-२ को पहिलो हुन् जसले दुई पटक ‘पर्फमर अफ द वीक’ जित्न सफल भएका छन् ।

ढकाल विराटनगर भृकुटी चौक निवासी हुन्। प्रतियोगिताको विजेताले रु १० लाख नगद, विश्व भ्रमणको अवसर र विभिन्न ब्रान्ड इन्डोर्समेन्टहरू प्राप्त गर्नेछन्। उपविजेताले नगद पाँच लाख र विदेशमा प्रस्तुतिको अवसर पाउनेछन्। हालसम्म कार्यक्रमको अष्ट्रेलिया, अमेरिका र दुबई भ्रमण पनि निश्चित भइसकेको छ।

दामी मिडियाको प्रस्तुति रहेको यस कार्यक्रमको अवधारणा र डिजाइन सुदीप पोखरेलको हो भने कार्यकारी निर्माता रोशन कुमार श्रेष्ठ हुन्। निर्णायकहरूमा मानस घले, गिरीश खतिवडा र महेश तामाङ दोङ रहेका छन्। मेन्टरको रूपमा पहिलो सिजनका विजेता भाइबर साइमन, भ्योमा र याबी द गोट छन्। कार्यक्रमको निर्देशन निकेश खड्काले गर्दैछन्।

कार्यक्रम सञ्चालिका सुजता श्रेष्ठले निरन्तरता पाएकी छिन्। प्रसारण साझेदारको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन र डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्