गाउँघरमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

<span class='c1'>गाउँघरमा दशै आएपछी माटो र</span> <span class='c2'>कमेरोले घर रंग्याउने चलन हराउँदै</span>

हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ ।

दशैको घटस्थापना सुरु भएदेखिनै कु पहराभित्रको कमेरोले घर रंग्याउने भन्ने चिन्ता हुन्थ्यो । सबै भन्दा राम्रो रातोमाटो कुन ठाउँमा पाइन्छ भनेर खोजेर ल्याएर रंग्याउने गरिएको भएपनि अहिले भने त्यो चलन हराउँदै गएको मकवानपुरगढी ५ का बृद्धा उसाकला सापकोटा बताउँछीन ।

‘कहाँ माटो, कहाँ कमेरो खोज्ने अनि लगाउने मान्छे नै छैनन् । घरको अनि हाम्रो उमेर बढ्दै गएपछि एक-अर्कालाई हेरेर बसेका छौँ ।’ घरअघि थुचुक्क बसेकी गौरी पुरानो घर नियान्दै उनी भन्छिन्, ‘उहिलेको दसैँ त घर लिपपोत थालेको दिनबाटै सुरु हुन्थ्यो । अबको दसैँ त छोराछोरी आउँलान् अनि लाग्ने त होला ।’

मकवानपुरको गाउँको आकार, स्वरुप अनि रंग फेरिएको यो कथा मकवानपुरको मात्रै होइन । हरेक जसो जिल्लाका अधिकांश गाउँमा पछिल्ला केही वर्षयता घरको मौलिक सुन्दरता संकटान्मुख छ ।

यसरी घरको रंगमा मात्रै होइन, बनोटमा समेत फरक आइरहेको छ । मकवानपुरका गाउँमै पनि माटो-गारोले बनेका मौलिक घरको सट्टा अब पक्की घर बनाउन थालिएको छ । जसमा सिमेन्टको प्रयोग हुने भएकाले पनि माटो-कमेरोले लिपपोत गर्ने चलन कम हुँदै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्