सप्तकोशी सिमेन्टले प्राप्त गर्‍यो ५३ ग्रेड ओ.पि.सि. सिमेन्ट उत्पादन अनुमति

<span class='c1'>सप्तकोशी सिमेन्टले प्राप्त गर्‍यो ५३</span> <span class='c2'>ग्रेड ओ.पि.सि. सिमेन्ट उत्पादन अनुमति</span>

विराटनगर । सप्तकोशी सिमेन्ट उद्योगले नेपाल सरकारबाट ५३ ग्रेड ओ.पि.सि. सिमेन्त उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको हालैको निर्णयले कोशी प्रदेशमा रहेका सिमेन्ट उद्योगहरू मध्ये सप्तकोशी सिमेन्टलाई पहिलो पटक यो अनुमति दिएको हो।

७ वर्ष अघि विराटनगरमा स्थापित यस उद्योगले यसअघि ३३ ग्रेड र ४३ ग्रेडका विभिन्न ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको थियो। उपभोक्ताको माग अनुसार उद्योगले ५३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन गर्ने प्रक्रिया अघि बढाएको थियो।

विभागका प्राविधिक विशेषज्ञहरूको टोलीले पटक-पटक उद्योगको अनुगमन गरेको थियो। अनुगमन र निरीक्षण पश्चात उत्पादन प्रक्रिया र उत्पादित सिमेन्टको विभिन्न ल्याब परीक्षणबाट ५३ ग्रेडमा हुनुपर्ने उच्च गुणस्तरीयता कायम भएको पाइएपछि यो अनुमति प्रदान गरिएको हो।

उद्योगले एक विज्ञप्ति जारी गर्दै चाँडै नै ५३ ग्रेड ओ.पि.सि. सिमेन्ट उत्पादन गरी बिक्री वितरण गरिने जानकारी दिएको छ। साथै, उद्योगले आफ्ना सबै ब्राण्डका सिमेन्टहरूको गुणस्तरीय सेवामा कुनै कमी नहुने प्रतिबद्धता जनाएको छ।

यो नयाँ उत्पादनले सिमेन्टका उपभोक्ताहरू, वितरकहरू, होलसेलर, रिटेलर एवं सरकारी तथा गैरसरकारी विभिन्न परियोजनाहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। सप्तकोशी सिमेन्टले आफ्नो उत्पादनलाई उपभोक्ताको सर्वाधिक रोजाइको ब्राण्डको रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्