विराटनगरमा दशैं भित्रिएपछि माछा–मासु पसल अनुगमन

<span class='c1'>विराटनगरमा दशैं भित्रिएपछि</span> <span class='c2'>माछा–मासु पसल अनुगमन</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सोमबारबाट बजार अनुगमन थालेको छ । चाडपर्व लक्षित अनुगमनको क्रममा जम्मा ७ वटा माछामासु पसलमा टोल पुगेको हो ।
टोलीले मासुको शुद्धता, पसलको दर्ता तथा नवीकरण, सरसफाई, ढक–तराजुलगायतको निरीक्षण गरेको थियो । त्यस क्रममा अधिकांश पसलले सरसफाई कार्ड नलिएको, मूल्यसूची नराखेको, ढक–तराजुमा कैफियत, पसलभित्रको सरसफाईमा कमजोरी भेटिएको थियो । माछा–मासु निर्देशिकाविपरीत सञ्चालित पसललाई भने सात दिनभित्र सुधार गर्ने मौका दिइएको छ । दशैंमा नागरिकको स्वास्थ्यसँग सम्बन्धित विषय भएपनि अनुगमन टोलिले सात दिनको म्याद दिने ‘लुपहोल’ प्रयोग गरेको हो ।

महानगरपालिकाका तर्फबाट राजस्व महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादव, हिरालाल यादव, गणेश पौडेल, सरसफाई शाखा प्रमुख पुनम दाहाल, किरण न्यौपाने, नगर प्रहरीका प्रमुख राजन पौडेल, पशु सेवा विज्ञ केन्द्रका बडेलाल यादव, नापतौल कार्यालयका संजय यादवलगायतमा उपस्थितिमा अनुगमन गरिएको थियो ।

मासु पसलको सरसफाई, व्यवसायिक कारोबार दर्ता, ढक तराजु गरिएको थियो । सोमबारबाट थालिएको अनुगमनलाई दशैंभरी नियमित पार्ने दावी छ । मासु व्यापार गर्दा खसीको मासु र कुखुराको एकैठाउँ काटन् अथवा एउटै सामग्री प्रयोग गरी विक्रि गर्न नपाईने प्रावधान निर्देशिकामा छ । सोमबार गरिएको अनुगमनमा माछामासु पसलले मापदण्ड पालना नगरेको देखिएको हो ।

यसैगरी माछामासु व्यवसाय गर्दा अनिवार्य रुपमा फोहोर उठाउन सफाई सदस्यता कार्ड लिनपर्छ । तर, व्यवासायीले नलिएको समेत पाईएको थियो । साथै एकै ठाउाँमा खसी र कुखुराको मासु राखेको जस्ता समस्या पनि देखिएको अनुगमनमा संलग्न महानगरपालका कर्मचारी हिरालाल यादवले जानकारी ।
अनुगमनलाई महानगर क्षेत्रभित्र प्रभावकारी रुपमा सञ्चालित गरिने कृषि तथा पशुपंक्षी शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिएका छन् । विराटनगर क्षेत्रभित्र करिब ३ सय मासु पसल सञ्चालनमा रहेका छन् । त्यसमध्ये करिब ५० प्रतिशत मात्रै महानगरमा दर्ता भएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्