विराटनगरको हिमालय दर्शन कलेजमा सांगीतिक कार्यक्रम

<span class='c1'>विराटनगरको हिमालय दर्शन</span> <span class='c2'>कलेजमा सांगीतिक कार्यक्रम</span>

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजले दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम गरेको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका थिए । भित्रिएको वडा दशैंंको अवसर पारेर रमाइलो गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम गरिएको कार्यक्रम संयोजक बिएससी सिएसआइटिका सातौं सेमिस्टरका विद्यार्थी दिपचन्द्र ओझाले जानकारी दिए ।कार्यक्रममा हिमालय दर्शन कलेजमा अध्ययरत बिआइएच, बिसिए, बीबीएस, बिएचएम र बिएससी सिएसआइटीमा अध्ययनरत विद्यार्थीहरुले आ आफ्नो प्रतिभा देखाएका थिए ।उनीहरुले गीत, नृत्य प्रस्तुत गरी भरपुर मनोञ्जन लिए । कार्यक्रममा विद्यार्थीलाई शिक्षकहरुले दशैंको टिका लगाएर आर्शिवाद दिएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्