सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

<span class='c1'>सामाजिक सुरक्षा कोषमा ६६</span> <span class='c2'>अर्ब १८ करोड संकलन</span>

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ ।

कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो ।

पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख रुपैयाँ योगदान रकम थप भएको कोषले जनाएको हो । कोषमा योगदान रकम संकलन हुने क्रममा चालू आर्थिक वर्ष २०८१।८२ को भदौ-असोज तेस्रो सातासम्म कोषको खातामा योगदान रकमबापत ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको हो  ।
गत आर्थिक वर्ष २०८०।८१ असार तेस्रो सातासम्म कोषमा योगदानबापत ५७ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ संकलन भएको थियो । समीक्षा अवधिमा १६ लाख ८१ हजार एक सय ९२ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएको प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

२०७५ मंसिर ११ देखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ देखि योगदान रकम संकलनको थालनी गरेकोमा हालसम्म उक्त रकम संकलन भएको उनको भनाइ छ ।औपचारिक, अनौपचारिकका साथै विदेशमा रहेकालाई कोषमा आबद्ध गराउने रणनीतिका कारण पनि कोष सफल हुँदै गएको दाबी गरिएको छ  ।

त्यस्तै, कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्