किन लगाउने नयाँ नाना, दशैंको बहाना मात्रै कि मान्यता

<span class='c1'>किन लगाउने नयाँ नाना, दशैंको</span> <span class='c2'>बहाना मात्रै कि मान्यता</span>

इन्दु साह
विराटनगर । नेपालीहरूको महान चाड दशैं भित्रिएपछि बजारहरूमा चहलपहल बढ्दै छ। विशेष गरी कपडा पसलहरूमा ग्राहकहरूको भीड देख्न सकिन्छ। यो दृश्यले नेपाली समाजमा दशैंको महत्त्व र यससँग जोडिएको नयाँ लुगा लगाउने परम्परालाई निरन्तरता दिईएको देख्न सकिन्छ । ३० वर्षीया निष्मा राई भन्छिन् दशैं वर्षको सबैभन्दा ठूलो चाड हो। यो बेला नयाँ लुगा लगाउन पाउँदा धेरै खुशी लाग्छ। परम्परा अनुसार दशैंमा टीका लगाउन जाँदा नयाँ लुगा लगाउनु शुभ मानिन्छ ।

यसबेला बजारमा समेत मानिसहरू आफ्ना परिवारका सबै सदस्यहरूका लागि नयाँ लुगा किन्न आउँछन् । चलनलाई युवा पुस्ताले पनि चलिआएको यो परम्परालाई निरन्तरता दिइरहेका छन् । तर युवा पुस्ताले भने आफ्नै शैलीमा कपडा लगाउने गर्छन् । दशैंमा नयाँ लुगा लगाउने परम्पराले नेपाली संस्कृति र आधुनिकताको अनौठो मिश्रण प्रस्तुत गरीरहेको देख्न पाईन्छ । यो केवल एक फैशन ट्रेन्ड मात्र नभई, सामाजिक बन्धन, आर्थिक गतिविधि र सांस्कृतिक पहिचानको प्रतीक हो।

समाजले यी परम्पराहरूलाई कायम राख्दै समय सापेक्ष परिवर्तनहरूलाई पनि अपनाउँदै गएको देखिन्छ। तर यस्तो समयमा निम्न वर्गीय मानिसलाई भने आर्थिक सस्या हुदा दशैं सकिना साथ भार पर्ने गरेको छ । समाजमा दशैँको बेला देखाखिकी पनि उत्तिकै भएके पाईन्छ । अरुको देखेर आफ्नो आर्थिक अवस्थाको ख्याल नगरी महंगा लत्ताकपडा किन्दा क्षणिक खुसी मिले पनि पछि आर्थिक भार थपिने गरेको छ । प्राय सबैले दशैंमा नयाँ लुगा लगाउने हुदा अन्यलाई समेत लगाउनै पर्छ भन्ने दबाब महसुस हुन्छ । तर, मान्यता चाँहि दशैंमा नयाँ नाना लगाउनैपर्छ भन्ने थियो ।

देवी दुर्गामो प्रसाद ग्रहण गर्न वा मान्यजनबाट शुभ आर्शिवाद लिनका लागि वर्षमा एक पटक नयाँ कपडामा सजिने परम्परा नै थियो । पछिल्लो समयका युवायुवतीलाई नयाँ कपडा लगाउन दशैं पर्खनु पर्ने अवस्था छैन । दशैं पनि युवा अवस्थामा नै बढी मज्जा लिने अवसर थियो । अहिले नयाँ कपडा वा जुत्ता लगाउन दशैं नै आउनु पर्छ भन्ने नभए पनि भेटघाटका लागि दशैं नै आउनु पर्ने अवस्था रहेको छ । पहिला यातायातको सुविधा थिएन । एक स्थान र अर्को स्थानसम्म पुग्न सहज थिएन । बल्लतल्ल आएको दशैंमा बाहेक मिठो मसिनो खाने अवसर पनि थिएन । अहिले त्यो सबै कुरा फेरिएको छ । नयाँ नाना लगाउनै पर्छ भन्ने मान्यता पनि अहिले अहिले बाध्यात्मक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्