विराटनगरमा जारी ‘विराट सडक महोत्सव ’आज अन्तिम दिन, स्मृति व्याण्डको प्रस्तुति हुदै

<span class='c1'>विराटनगरमा जारी ‘विराट सडक महोत्सव ’आज</span> <span class='c2'>अन्तिम दिन, स्मृति व्याण्डको प्रस्तुति हुदै</span>

विराटनगर । विराटनगरको हिमालय रोडमा जारी विराट सडक महोत्सव आज राती सकिदैछ । विभिन्न खानाका परिकारसँगै हरेक साँझ साँगितीक कार्यक्रम समेत हुदै आएको महोत्सवमा एक साता जारी रह्यो । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा गत असोज १७ गतेबाट जारी महोत्सव आज बुधबार राती सम्मका लागी तोकिएको थियो ।
विगत ४ वर्षदेखि मन्जिना मुभिजले सडक खाना महोत्सव गर्दै आएको छ । दशैको छुटीमा घर आएका विराटनगरवासीलाई दशैको रमाईलोपन गराउनको लागि हरेक बर्ष सडक महोत्सव गर्दै आएको छ ।


ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले सो महोत्सव आयोजना गरिएको मन्जिना मुभिज क्रियसन प्रा.लि.का अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए ।   आज साँझ विराटनगरको स्मृति व्याण्डको प्रस्तुति रहेने आयोजक समितिका प्रतिनिधी करन जैनले जानकारी दिए ।
महोत्सवमा हरेक साँझ स्थानिय कलाकारहरुले बेजोड प्रस्तुति दिदै आएको छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्