साइत छोप्न घरको मूलद्वारमा पहिलो टिका, हराउँदै गएको परम्परा

<span class='c1'>साइत छोप्न घरको मूलद्वारमा पहिलो</span> <span class='c2'>टिका, हराउँदै गएको परम्परा</span>

इन्दु साह
विराटनगर । विजय दशमीको दिन साइतको पहिलो टिका प्रायले घरको मूलढोकामा लगाउने चलन छ । पहिले यसलाई राजा मानेर टिका लगाउने चलन थियो । भन्दा राजालाई लगाएको भनिएपनि खासमा यो कुलदेवता र पितृदेवलाई स्मरण गर्दै लगाउने चलन चलाइएको थियो । पछि राजा महाराजाहरुको हुकुमीशैली फरमान भएपछि दशैंमा समेत नागरिकलाई पहिलो टिका लगाउनु पर्ने आदेश हुने गरेको थियो । त्यो आदेश राजाले दरबारमार्फत दिएको नागरिकले सुन्दैनन् थिए । तर, गाउँघरका राजाका खास मान्छेहरुले सबै नागरिकलाई यो नियम लगाउने गरेको बताइन्छ ।

घटस्थापनाको दिन राखिएको जमरा, फूलपाती भित्र्याइएको भोलिपल्ट महाअष्टमीमा खड्गस्थापना गरेर दुर्गाको आरधना सुरु गरिन्छ । दशमीको दिन त्यहि जमरा र टिका देवी दुर्गालाई अर्पण गरेर प्रसादको रुपमा लगाइन्छ । त्यसबेला सबैभन्दा पहिलो साइतको टिका घरको मूलढोकामा लगाउने चलन रहेको थियो।

गाईको गोबरमा हरियो दुबो रोपेर ढोकाको मध्यभागमा राखिन्छ, वा अड्याइन्छ । त्यसपछि त्यहि गोबरमा कुलदेवता तथा पितृदेवको स्मरण गर्दै गृहलक्ष्मीलाई टिका लगाउने चलन रहेको छ । अहिले पनि पश्चिम तिर काम विशेषले नभ्याएको खण्डमा साइतको टिका घरलाई लगाएर साँझपख मात्रै परिवारका सबै सदस्य भेला भएपछि टिका लगाउने चलन पनि रहेको छ । नेपालको पश्चिम रुकुम–रोल्पामा घरका लागि मात्रै साइत छोप्ने परम्पार रहेको छ ।

विराटनगरस्थित काली मन्दिरका पुजारी सुरेश अधिकारीले यस परम्पराको महत्व धेरै रहेको बताउँछन् । उनका अनुसार घरलाई मन्दिरको रूपमा लिइने हुनाले पहिले घरको मूलद्वारमा पूजा गरिन्छ। विगत १० वर्षदेखि काली मन्दिरको पुजारीका रूपमा कार्यरत ४० वर्षीय अधिकारीले दशैँको समयमा घरको मूलद्वार, कुल देवता र पितृहरुको स्मरण गर्ने चलन रहेको बताए ।

तर अधिकारीका अनुसार अहिले यस्ता परम्परा हराउँदै गएको छ। पहिले प्रायः सबैको घर माटोको हुँदा गोबरले लिपेर पूजा गरिन्थ्यो। तर अहिले आधुनिक पक्की घरहरूमा यो परम्पराको आकर्षण घट्दै गएको छ। आधुनिक घरहरूमा गोबर र दुबो लगाउने चलन कम देखिन्छ। अधिकारीले यो हिन्दू संस्कारको एक महत्वपूर्ण अंग भएको बताए । सम्भव भएसम्म यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए। उनले परम्परालाई जतिनै आधुनिक भएता पनि यसको पालना गर्नु पर्ने बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्