विराटनगर । विराटनगरका करिम अन्सारीले नेपालीहरुको महान पर्व विजया दशमी दशैँको अवसरमा नि:शुल्क बसको सेवा दिने भएका छन् ।
शनिबार अपराह्न १२ बजेदेखी विराटनगरको बसपार्कबाट धरान ईटहरी जाने यात्रुहरुलाई नि:शुल्क सेवा दिने भएका हुन् ।
उनले यस अघि मलामी जानेहरुको लागि पनि निशुल्क बसको सेवा दिदै आएका थिए । अन्सारीका अनुसार आज टिका लगाएर विराटनगर दुहवी, खनार, ईटहरी ,तरहरा र धरान सम्म जाने यात्रुहरुलाई निशुल्क आउजाउको लागि सेवा दिएको छ । अपराह्न १२ विराटनगरदेखी जाने र धरानदेखी दिउसो ३ बजे विराटनगर आउने अन्सारीले आवर विराटनगरलाई जानकारी दिए ।