विगतको बडादशैंहरु भन्दा यस वर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका

<span class='c1'>विगतको बडादशैंहरु भन्दा यस वर्ष</span> <span class='c2'>बढी चहलपहल देखियो काठमाडौं उपत्यका</span>

काठमाडौं । वडादशैंमा यस वर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ ।

विगत वर्षका दशैंमा भन्दा यस बढी चहलपहल देखिएको हो ।

फुलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए । असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो ।

चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।

बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरुले पनि यसबर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्