सैनिक टोल फुटबल टुर्नामेन्टको उपाधि नयाँ बस्ती एफसीलाई

<span class='c1'>सैनिक टोल फुटबल टुर्नामेन्टको</span> <span class='c2'>उपाधि नयाँ बस्ती एफसीलाई</span>

विराटनगर । सैनिक टोल फुटबल टुर्नामेन्टको उपाधि नयाँ बस्ती एफसीले जितेको छ।

शुक्रबार भएको फाइनल खेलमा नहर एफसीलाई ०-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

विजेता नयाँ बस्ती एफसीले २५ हजार रुपैया नगद पुरस्कार,ह्याप्पी आवर हेभनबाट दुई हजार ५०० रुपैयाको फुड भौचर र सिटी सिनेमाबाट १० वटा चलचित्रको टिकट प्राप्त गरेको छ। भने दोस्रो हुने नहर एफसीले १५ हजार रुपैया नगद पुरस्कार,मोजोबाट एक हजार ५०० रुपैयाको फुड भौचर प्राप्त गरेको छ।

उक्त प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट नयाँ बस्ती एफसी डम्बर कार्की घोषित भए। उनले सिटी स्पा र पार्लरबाट थेरापी पुरस्कार पाए। त्यसैगरी म्यान अफ द म्याच नयाँ बस्ती एफसीका विशाल मगर घोषित भए भने उनले ह्याप्पी आवर हेभनबाट मेडल र ५ सय रुपैयाँको फुड भौचर प्राप्त गरे। नहर एफसीका बुद्धिमान राईले ४ गोलसहित सर्वाधिक गोलकर्ता घोषित भए। उनले मेडल, ट्रफी र क्यालिबरबाट एक जोडी जुत्ता प्राप्त गरे । उत्कृष्ट डिफेन्डर नहर एफसीका केवल महर्जन घोषित भए भने उनले सिटी स्पा र पार्लरबाट मेडल ट्रफी र थेरापी पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्