साफ महिला च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

<span class='c1'>साफ महिला च्याम्पियनसिपको</span> <span class='c2'>तयारी अन्तिम चरणमा</span>

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर १७(विहीबार) देखि ३० सम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार एन्फाले च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएका हो ।

प्रतियोगितामा नेपाललगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरि सात टीमले सहभागिता जनाउँदै छन् । सहभागी टोलीहरु मध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेका छन् भने भारत र भुटान बुधबार बिहानसम्म काठमाडौ आइपुग्ने जानकारी गराइएको छ। प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट.जेभियर्स स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ र डिजिटल अधिकार एडी रिलिजलाई प्रदान गरिसकिएको छ । प्रतियोगिताका सम्पुर्ण खेलहरु कान्तिपुर म्याक्स एच्डीबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकटको अधिकार माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिलाई प्रदान गरिएको छ ।
प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण पारापिट तर्फ तीनसय रुपैंयाँ र भीआइपी तर्फ पाँचसय रुपैंयाँ तोकिएको छ ।
नकआउट चरणका खेलहरुको टिकट दर साधारण पारापिटतर्फ पाँचसय रुपैंयाँ, भीआईपीतर्फ एक हजार रुपैंयाँ कायम गरिएको छ । प्रतियोगितामा १० बर्षसम्मका सबै बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ ।

प्रतियोगिता अवधिभर दर्शकहरुको सुविधाको लागि रंगशाला परिसर भित्रै खाजाको व्यवस्था पनि गरिएको छ । यसका लागि शिवांश फुड एण्ड बेभरेज प्रालिसँग सम्झौता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्