नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई प्रहरी दिवसमा सम्मान

<span class='c1'>नोबेल मेडिकल कलेज टिचिङ</span> <span class='c2'>हस्पिटललाई प्रहरी दिवसमा सम्मान</span>

विराटनगर । ६९ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटललाई समाजसेवा र शान्ति स्थापनामा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल) को तर्फबाट अस्पतालका निर्देशक प्रा. डा. राजेश नेपाललाई सम्मान पत्र हस्तान्तरण गरे।

यस सम्मानले नोबेल शिक्षण अस्पतालको समाजप्रतिको योगदानलाई प्रोत्साहित गर्दै, शान्ति र सेवा क्षेत्रमा निरन्तर काम गर्न थप प्रेरणा दिएको छ। अस्पताल प्रशासनले आफ्नो उत्तरदायित्वलाई बुझेर समाजप्रतिको समर्पणलाई आत्मसात गर्दै अघि बढेकोमा सम्पूर्ण टिम गौरवान्वित रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्