विराटनगरको मुन होटल सञ्चालक भगतमाथि खुकुरी हान्ने धरानबाट पक्राउ

<span class='c1'>विराटनगरको मुन होटल सञ्चालक भगतमाथि</span> <span class='c2'>खुकुरी हान्ने धरानबाट पक्राउ</span>

विराटनगर । विराटनगर भूमिप्रशासन चौकस्थित मुन होटलका तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतलाई खुकुरी हान्नेमध्येका दुईजना आरोपी धरानबाट पक्राउ परेका छन् । मोरङ प्रहरीले सुनसरी प्रहरीको समन्वयमा उनीहरुलाई धरानमा पक्राउ गरेको हो । भगतलाई मंगलबार साँझ खुकुरी हानेपछि उनीहरु भागेर धरान पुगेका थिए । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले खुकुरी हान्नेहरु धरानबाट पक्राउ परेको पुष्टि गरेका छन् । उनीहरुलाई अहिले मोरङ फर्काउने तयारी भईरहेको छ । त्यसका लागि मोरङ प्रहरीको टोलि धरान गईसकेको छ । खुकुरी हानेर उनीहरु फरार भएका थिए । मुन होटलका कर्मचारी रहिस अन्सारीका अनुसार विराटनगर १२ का सावन दास, विराटनगर १० का बिनोद रोय र विराटनगर ८ का जमिर खान विरुद्ध पीडितले जाहेरी दिनेछन् ।

सञ्चालक भगतसँग मुन होटल तथा गीत गजलमा पार्टनर राख्नुपर्ने भन्दै उनीहरुले बारम्बार दवाव दिदैं आएको दावी छ । प्रहरी उपरीक्षक कार्कीले पक्राउ परेकाहरु यस अगाडीका समेत अपराध कर्ममा संलग्नहरु हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईसकेपछि घटनाको परिवेश बारे जानकारी हुने बताइएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा दास र रोय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्