कोशी अस्पतालको हज भरिएर सडकमा शौचको भेल

<span class='c1'>कोशी अस्पतालको हज भरिएर</span> <span class='c2'>सडकमा शौचको भेल</span>

इन्दु साह
विराटनगर । एम्बुलेन्स चालक प्रदिप मुखिया बिरामीलाई अस्पतालसम्म ल्याएपछि कोशी अस्पताल अगाडि बस्ने गर्दछन् । तर, विगत केहि महिनादेखि अस्पताल भित्रको शौचालयबाट सडक छेउमा शौचको भेल आउन थालेपछि उनी त्यहाँ बस्न नसक्ने अवस्थामा पुगेको सुनाउँछन् ।
यसरी बाहिरै सधैं शौचालयबाट दिसापिसाब निस्कदाँ सडक आसपासमा दुर्गन्ध फैलिएको मुखिया बताउछन् ।

ठ्याक्कै बाहिरी परिसरको सडकमा सवारी स्टेन्ड समेत भएकोले दुर्गन्धले बस्न सक्ने अवस्था नरहेको चालक मुखियाको भनाई छ । विभिन्न समयमा अस्पताल प्रशासनमा यस विषयमा गुनासो राख्दै आएको अर्का चालक मुकेश कुमार साहले बताए । उनले भने पटक पटक गरी अस्पताल प्रशासान र मेडिकल सुपरिटेन्डेन्टलाई यस विषयमा सुचित गरायौँ तर मेसु फेरिए, यहाँको अवस्था फेरिएन ।

कोशी अस्पताल विराटनगरका निमित्त मेसुका रुपमा फिजिसियन मनोज ठाकुर छन् । मेसु डा.रुना झा अनुपस्थित हुँदा उनलाई निमित्त दिएको हो । निमित्त मेसु ठाकुरले भने यो शौचालयको विषय महानगपालिकाले हेर्नुपर्ने बताएका छन् । साथै उनलाई यस विषयमा केहि जानकारी नभएको र समस्या के हो बुझ्ने बताए।

तर, महानगरपालिका सरसफाई शाखाका अधिकारी किरण न्यौपानेका अनुसार अस्पताल परिसर भित्र रहेको शौचालएको व्यवस्थापन अस्पतालले नै गनुपर्ने हुन्छ । उनले भने अस्पतालका सम्वन्धित शाखालाई पटक पटक समस्याको विकल्प खोज्न गरिएको आग्रहलाई समेत अटेर गरिदैं आएको छ । महानगरपालिकाको अनुसार कोशी अस्पतालको हज भरिएर बाहिर निस्केकोले यसको व्यवस्थापन गर्नुपर्ने उसको दायित्वबाट बारम्बार पन्छिदैं आएको छ । हजको समस्या भए तत्काल ढल प्रणालीमा पाइप जडान गर्न सकिने विकल्पमा समेत उनीहरुले चासो नदिएको न्यौपानेले बताए ।

अस्पतालको मुख्य प्रवेशद्दार छेउमै यस्तो दुर्गन्ध फैलिएको हो । सडक आवतजावत गर्नेलाई समेत यो दुर्गन्धले सताएको भन्दै आवर विराटनगरलाई विभिन्न व्यक्तिले फोन मार्फत गुनासो गरेका छन् । नियम अनुसार यसरी फोहोर गर्दा कार्वाहिको रुपमा महानगरपालिकाले १० हजार रुपैयाँसम्म जरिवाना भराउन सक्ने प्रावधान रहेको छ । तर सरकारी अस्पताल भएकै भरमा छुट पाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्