‘वन डिरेक्सन’ ब्यान्डका पूर्वसदस्य लियाम पेनको मृत्यु

<span class='c1'>‘वन डिरेक्सन’ ब्यान्डका पूर्वसदस्य</span> <span class='c2'>लियाम पेनको मृत्यु</span>

विराटनगर। विश्वव्यापी रूपमा लोकप्रिय 'वन डिरेक्सन' ब्यान्डका पूर्वसदस्यसमेत रहेका लियाम पेनको ३१ वर्षको उमेरमा निधन भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ । पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्यसमेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिकजस्ता कलाकारसमेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले 'वन डिरेक्सन' कै पूर्व सदस्य नियाल होरानको कन्सर्टमा प्रस्तुति दिएका थिए ।

ब्युनस आयर्स प्रहरीले पेन लागूऔषध र मदिराको नसाका कारण दुर्घटनामा परेको हुन सक्ने आशंका गरेको छ । पेनको मृत्युको खबरपछि अमेरिकी गायक चार्ली पुथले इन्स्टाग्राममा लेखेका छन्, 'म अहिले स्तब्ध छु । लियाम मलाई सधैं नै अति माया गर्थे । मैले सहकार्य गरेकामध्ये उनी मुख्य कलाकार थिए । उनी रहेनन् भन्ने कुरा मैले विश्वास नै गर्न सकिरहेको छैन ।'

वन डाइरेक्शन गायकले बुधबार आफ्नो मृत्यु हुनुभन्दा केही घण्टा अघि सोशल मिडिया प्लेटफर्म स्न्यापच्याटमा पोस्ट गरेको देखिन्छ।
उनले अर्जेन्टिनामा घोडा चढ्ने र पोलो खेल्ने बारे कुरा गरे र आफ्नो कुकुरलाई हेर्न घर फर्कने तयारीमा थिए। उनले भिडियोमा भनेका छन्, ‘अर्जेन्टिनामा आजको दिन राम्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्