सांसद डा. सुनिल शर्माको पहलमा नोबेल हस्पिटलमा बुद्धिलालको नि:शुल्क उपचार

<span class='c1'>सांसद डा. सुनिल शर्माको पहलमा</span> <span class='c2'>नोबेल हस्पिटलमा बुद्धिलालको नि:शुल्क उपचार</span>

विराटनगर । नेपाली कांग्रेसका सांसद तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका संचालक डा. सुनिल शर्माको पहलले एक गरीब बिरामीलाई नयाँ जीवन दिने आशा जगाएको छ। झापा जिल्लाको गौरादह नगरपालिका-३ का ३१ वर्षीय बुद्धिलाल हिमारामको नोबेल हस्पिटलमा नि:शुल्क उपचार भइरहेको छ।

बुद्धिलाल आफ्नो घरको बरन्डाबाट लडेर खुट्टामा गम्भीर चोट लागेका थिए। स्थानीय अस्पतालमा लामो समयसम्म उपचार गर्दा पनि निको नभएपछि, उनको अवस्था झन् जटिल बन्दै गएको थियो। आर्थिक अभावका कारण उच्च स्तरको उपचार गर्न नसकेको अवस्थामा, उनका एक जना छिमेकीले यस विषयमा डा. शर्मालाई अवगत गराए।

डा. शर्माले तत्काल प्रतिक्रिया दिँदै बुद्धिलाललाई नोबेल हस्पिटलमा ल्याउन निर्देशन दिए। असोज २८ गते बेलुका ६:३० बजे बुद्धिलाललाई हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। हस्पिटल प्रशासनले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च, शल्यक्रिया लगायत सबै सेवाहरू नि:शुल्क प्रदान गर्ने घोषणा गरेको छ।

नोबेल हस्पिटलका अनुसार, "बुद्धिलालको खुट्टामा गम्भीर संक्रमण फैलिएको थियो। हामीले तत्काल एन्टीबायोटिक थेरापी र विशेष उपचार सुरु भएको छ । उनको अवस्थामा क्रमिक सुधार देखिएको छ र हामी आशावादी छौं कि उनी पूर्ण स्वास्थ्यलाभ हुने छ।"

डा. सुनिल शर्माले भने, "स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो। आर्थिक अवस्थाले कसैलाई पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित गर्नु हुँदैन। नोबेल हस्पिटल सधैं समाजप्रति उत्तरदायी रहनेछ र आवश्यकता अनुसार यस्ता सेवाहरू निरन्तर प्रदान गर्नेछ।"

नोबेल हस्पिटलले नियमित रूपमा स्वास्थ्य शिविर संचालन गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई नि:शुल्क उपचार सेवा प्रदान गर्दै आएको छ।

बुद्धिलालका परिवारजनले यस सहयोगप्रति आभार व्यक्त गर्दै भने, "हामी डा. शर्मा र नोबेल हस्पिटलप्रति अत्यन्त आभारी छौं। उनीहरूको यो सहयोगले हाम्रो परिवारलाई नयाँ जीवन दिएको छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्