विराटनगरको क्युएफएक्समा छक्का-पञ्जा पाँच र १२ गाँउ हेर्ने दर्शकको अझै पनि घुईचो

<span class='c1'>विराटनगरको क्युएफएक्समा छक्का-पञ्जा पाँच र १२ गाँउ</span> <span class='c2'>हेर्ने दर्शकको अझै पनि  घुईचो</span>

प्रेम देवान
विराटनगर । विराटनगरको भाटभटेनी सुपर मार्केटको माथिल्लो तलामा रहेको क्युएफएक्समा यति बेला फिल्म हेर्न आउने दर्शकहरुको अत्याधिक भिड देख्न सकिन्छ । हत्तपत्त क्युएफक्समा भिड नहुने तर यसपटक भने दशैंलाई लक्षित गरेर रिलिज भएका ३ वटा नेपाली फिल्मले भने २ वटै हलहरु भरिभराउ भएको देख्न सकिन्छ ।


गत शुक्रबार अर्थात फुलपातिको दिन रिलिज भएको छक्का पन्जा , १२ गाँउ र ज्वाईसावले विराटनगरका हलहरुले दर्शक तानिरहेको छ । यसपटक विराज भट्टले आफ्ना छोरा समिर भट्टलाई १२ गाँउबाट डेव्यु गराएदेखी निकै चर्चा चलिरहेको छ । अहिले उनको फिल्मका डाईलहरु टिकटक , रिल्स र फेशबुकहरुमा भाईरल नै बनिरहेका छन् । जति सामाजिक संजालमा चर्चा छ त्यति कै नै फिल्महलहरुमा पनि दर्शकहरु पुगेको देख्न सकिन्छ । हुनत छक्का पञ्जा ५ को गीतले पनि उतिकै सामाजिक संजालमा चर्चा नकमाएको भने हैन ,फिल्मको गीतमा धेरैले टिकटकदेखी रिल्स बनाएको भिडियोहरु देख्न सकिन्छ ।  यता धेरै चर्चा भएकै कारणले पनि होला अनलाईन टिकट काट्नेहरुले गर्दा सरभरमा समेत पटक पटक समस्या देखाईरहेको थियो । यसको शिकार प्रत्यक्ष हल संचालक र दर्शकहरुले भोग्नु परेको अवस्था थियो ।


क्युएफएक्स विराटनगरका अनुसार बिहीबार रातीको अन्तिम शो सम्म छक्का पन्जाले २८ वटा शो पाएको थियो जसमा ४ हजार ८० जना दर्शकले फिल्म हेरेका थिए । त्यसैगरी १२ गाँउ फिल्मले १९ वटा शो पाएको थियो जसमा २ हजार ३ सय १८ जना दर्शकले फिल्म हेरेका थिए । जितु नेपालले निर्माण गरेको ज्वाई सावले भने ६ वटा मात्र शो पाएको थियो जसमा ८९ जना दर्शकले क्युएफएक्समा फिल्म हेरेका छन् ।


क्युएफएक्स सिनेमाज विराटनगरका मार्केटिङ्ग आफिसर ईशेक माझिका अनुसार अहिले १२ गाँउ फिल्म हेर्ने दर्शकहरु बढेको छन् । आज शुक्रबारबाट ज्वाईसावको शो हटेको र छक्का पञ्जाको शो अझै निरन्तर रहेको माझीले आवर विराटनगरलाई जानकारी दिए । आज शुक्रबार मात्रै छक्का पञ्जाको ५ वटा शो र १२ गाँउको ४ वटा शो रहेको क्युएफएक्स विराटनगरले जनाएको छ । हुन त यो साता हिन्दी फिल्म जिग्राले पनि शो पाएको छ तर भने जस्तो दर्शक नआएपछि अहिले सम्म ४ वटा मात्र शो पाएको छ । आज शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज नभएका कारण छक्का पञ्जा र १२ गाँउ फिल्मले अझै पनि बजार पिट्ने आकंलन गर्न सकिन्छ । विराटनगरको क्युफएक्समा छक्का पञ्जा र १२ गाँउ फिल्म हेरिसकेपछि विराटनगरका दर्शकहरुले राम्रो लागेको प्रतिक्रिया समेत दिएका छन् ।

मुलुकको सबैभन्दा ठूलो सिनेमा मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल््म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा समेत गरिसकेको छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्