आठ महिनामै अपराध अनुसन्धान विभाग सरुवा भए एसपी कार्की, राजन लिम्बु मोरङमा खटाइए

<span class='c1'>आठ महिनामै अपराध अनुसन्धान विभाग सरुवा भए</span> <span class='c2'>एसपी कार्की, राजन लिम्बु मोरङमा खटाइए</span>

विराटनगर । मोरङका प्रहरी प्रमुख नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ । उनलाई अपराध अनुसन्धान विभागमा सुरुवा गरेर त्यहाँका एसपी राजन लिम्बुलाई मोरङ खटाइएको हो ।

कार्कीलाई आठ महिनामै सरुवा गरेर नयाँ एसपीलाई मोरङ पठाइएको छ । कार्कीलाई सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा लेनदेन गरेको आरोप लागेपनि खासमा डिआईजी चन्द्रकुबेर खापुङसँग ट्यूनिङ्ग नमिल्दा उनको सरुवा भएको बताइन्छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मोरङका एसपी कार्कीको प्रहरी हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको जानकारी दिए ।

सामान्यतः प्रहरी अधिकृतहरुको एक वर्षे अबधि पुरा भएपछि मात्र नियमित सरुवा हुने गरेको छ । २०८० फागुन २ गते मोरङको एसपी भएर आएका कार्कीको कार्तिक २ गतेदेखि अपराध अनुसन्धानमा सरुवा भएको हो । मोरङमा पछिल्लो समय संस्थागत सेटिङमा तस्करी हुने गरेको दावी गरिदैं आएको छ । यसमा प्रशासन संयन्त्रका सबैको मिलेमतो रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्