अनधिकृत व्यक्तिहरूबाट दन्त उपचार गराउँदा निम्तन्छ थप जोखिम

<span class='c1'>अनधिकृत व्यक्तिहरूबाट दन्त उपचार</span> <span class='c2'>गराउँदा निम्तन्छ थप जोखिम</span>

इन्दु साह
विराटनगर । दाँतमा भएका विभिन्न समस्या लिएर सेवाग्राहि निजी क्लिनिक जान्छन् । तर उनीहरु अनधिकृत व्यक्तिहरूबाट उपचार हुदैछ भन्ने कुरामा जानकार हुदैनन् । डेन्टल क्व्याकरी (अप्रशिक्षित वा अनधिकृत व्यक्तिहरूबाट दन्त उपचार) को बारे आम नागरिकमा जानकारी हुन आवश्यक रहेको दन्त चिकित्सक रोशन कुमार यादव बताउँछन् ।

उनको अनुसार विराटनगरमा दन्त उपचार केन्द्रहरुमा भने विषेश गरी दन्त चिकित्सक नै हुन्छन् । तर पनि केहि एक दुई स्थानमा भने दन्त चिकित्सकको सट्टामा दन्त प्राविधिक मात्रै हुन्छन् । डिप्लोमा तह र १८ महिने तालिम प्राप्तले नै चिकित्सक बनेर बिरामीको उपचार गर्ने गरेका हुन् । यसरी स्नातक अध्ययन गरेर नेपाल डेन्टल काउन्सिलले दन्त चिकित्सक प्रमाणिकरण गरेका लाई मात्र दन्त चिकित्सक मानिन्छ । दन्त चिकित्सकले मात्र हेर्नमिल्ने दन्त समस्या अन्य अनधिकृत व्यक्तिबाट जाँच हुदा पछि थप गम्भीर समस्य निम्त्याउन सक्ने जोखिम हुन्छ ।

यो समस्या प्राय ग्रामिण क्षेत्रमा हुन्छ तर अहिले शहरी क्षेत्रसम्म फैलिएको दावी छ । दन्त चिकित्सक यादवका अनुसार सस्तो र छिटो उपचारको नाममा अप्रशिक्षित व्यक्तिहरूले दन्त उपचार गर्दा धेरै बिरामीहरू गम्भीर स्वास्थ्य समस्याको शिकार भइरहेका छन् । उनका अनुसार यस्ता अनधिकृत व्यक्तिहरूले दाँत निकाल्ने, बनावटी दाँत राख्ने, रुट क्यानाल जस्ता जटिल उपचारहरू समेत गर्ने गरेका छन्। तर यि यावत समस्या दन्त चिकित्सकले मात्र उपचार गर्न पाउने प्रावधान छ ।

विशेष गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सीमित पहुँच र आर्थिक कारणले गर्दा मानिसहरू डेन्टल क्व्याकहरूको सेवा लिन बाध्य भएको पाइएको छ। तर शहरी क्षेत्रमा समेत सस्तो उपचारको लोभमा यस्ता अवैध चिकित्सकहरूको सेवा लिने प्रवृत्ति बढ्दो छ। डेन्टल क्व्याकरीका कारण संक्रमण, सूजन, दाँत गुम्ने समस्या र अन्य मुख सम्बन्धी विकृतिहरू बढ्ने जोखिम हुन्छ । कतिपय अवस्थामा जटिल दन्त शल्यक्रियाहरूको असफलताले बिरामीको ज्यान समेत जोखिममा पर्ने गरेको छ।

प्रशिक्षित दन्त चिकित्सकहरूको लाइसेन्स प्रमाणीकरणमा कडाइ गरिने बताइएको छ। यस्तो अवस्थामा आम नागरीकले पनि सस्तो उपचारको लोभमा नपरी प्रशिक्षित र योग्य चिकित्सकबाट मात्र उपचार लिन सचेत हुनुपर्ने यादवको बुझाई छ । उनको अनुसार दन्त स्वास्थ्यको महत्त्व र डेन्टल क्व्याकरीका जोखिमहरू बारे समुदायस्तरमा व्यापक जनचेतना फैलाउन आवश्यक छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्