प्रधानमन्त्री ओलीलाई रविको प्रश्नः तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?

<span class='c1'>प्रधानमन्त्री ओलीलाई रविको प्रश्नः तिम्रो दुई तिहाइको</span> <span class='c2'>सरकार जोगाइदिन म बली चड्नुपर्ने हो ?</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कसैलाई पनि नठगेको बताएका छन् ।

आज (शुक्रबार) कास्की जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनले सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा हतकडी ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकान छन्, ‘सरकार म¥यो,हामीलाई जुठो प¥यो ११ तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? , तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंन्धान गर्दापनि केही भेट्दैनौँ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? ’साथै उनले प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने मैले ठगीको आरोप खेपी दिनुपर्ने भन्दै आक्रोश पोखेका छन् । यस्तै उनले अहिलेलाई,सरकार मरेर आफूलाइ जुठो परे पनि न्यायलयप्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्