ओबी फिल्मी विशेष : विराटनगरका हलहरुमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाँउ’ लाई अपार माया

<span class='c1'>ओबी फिल्मी विशेष : विराटनगरका हलहरुमा ‘छक्कापञ्जा</span> <span class='c2'>५’ र ‘१२ गाँउ’ लाई अपार माया</span>

प्रेम देवान
विराटनगर । यसपटकको दशैं लक्षित ३ वटा नेपाली फिल्म रिलिज भए । दिपक दिपाको छक्का पञ्जा ५ , विराज भट्टको १२ गाँउ र जितु नेपालको ज्वाई साब । गत विहीबार अर्थात फुलपातीको दिनदेखी ३ वटै फिल्म एकैसाथ प्रदर्शनमा आए । आज फिल्म प्रदर्शनमा आएको ७ दिन क्रस भईसकेको छ । ज्वाई साब बाहेक अन्य दुई फिल्म छक्का पञ्जा ५ र १२ गाँउ सुपर हिट भएको घोषणा गरिसकेको छ ।

मुलुकको सबैभन्दा ठूलो सिनेमा मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ लाई ‘सुुपरहिट’ घोषणा गरेको हो । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिएको क्यूएफएक्सको माउ कम्पनीले जनाएको छ ।
सुपर हिट हुनुमा दर्शकको माया नै हो । एक साता विति सक्दा पनि मुलुकभरका हलहरुमा ज्वाईसाब बाहेक अन्य दुई फिल्म हलमा प्रदर्शन कै क्रममा छन् । राजधानी काठमान्डौ बाहेक बाहिर पनि ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ लाई दर्शकहरुले औधी माया गरिरहेका छन् । विराटनगरको क्युएफएक्स , सेन्ट्रल मल्टिप्लेक्स, सिटी सिनेमा, अरुण सिनेमा र हिमालय हलमा यी दुई फिल्मले राम्रै शो पाईरहेको छ । यहाँका हलमा हतपत्त नपुग्ने दर्शकहरु आज प्राय सबै हलहरुमा दर्शकको खचाखच भिड देख्न सकिन्छ । विराटनगरका हलहरुमा सबैभन्दा बढी ‘छक्कापञ्जा ५’ ले बढी शो पाएको छ भने दर्शकहरु पनि ‘छक्कापञ्जा ५ कै बढी संख्यामा बढेका छन् । यहाँको हलहरुमा ‘छक्कापञ्जा ५’ ले एक दिनमा ४ देखी ५ वटा शो पाएको छ भने ‘१२ गाउँ ’ ले ३ देखी ४ वटा शो प्राप्त गरेको छ । तर पनि ‘छक्कापञ्जा ५’ भन्दा बढी चर्चा भने ‘१२ गाउँ’ ले कमाईरहेको छ । यी दुवै फिल्ममा विराटनगरका कलाकारहरु जोडिएका छन् । ‘छक्कापञ्जा ५’ मा दिपाश्री निरौला त छिन् नै उता ‘१२ गाउँ’ मा डेब्यु गरेकी नेन्सी खड्काको भुमिकाको पनि राम्रै प्रशंसा गरिएको छ ।


गायक सुमित खड्की छोरी नेन्सी मिस नेपालमा समेत सहभागीता जनाएर केही टाईटल हात पारेकी नव नायिका हुन् । त्यो सँंगै ‘१२ गाउँ’ मा उनले राम्रै रोलको स्थान पाएकी छिन् । काठमान्डौको गुरुकुलमा अभिनयकाृे क्लास लिएकी नेन्सीको फष्ट डेव्यु फिल्ममा दर्शकलाई आर्कषित पारेकी छिन् । त्यस्तै सोही फिल्ममा विराटनगरका सन्तोष सरकार समेत रहेका छन् । उनले भिलेनको रोलमा केही भागहरुमा मुख्य रोलको भुमिका निर्वाह गरेका छन् । दिपाको फिल्म भन्ने वित्तिकै यहाँका दर्शकहरु हलमा पुग्ने नै भए उता सामाजिक संजालमा भाईरल बनिरहेको ‘छक्कापञ्जा ५’ को गीतहरुले पनि दर्शकहरुलाई हल सम्म जाँउ जाँउ बनाएको छ भन्दा फरक नपर्ला ।


‘१२ गाउँ’ को डाईलगहरु टिकटकमा त्यसै भाईरल छन् । अझ यसपटक विराज भट्टले आफ्ना छोरा समिर भट्टलाई १२ गाँउबाट डेव्यु गराएदेखी निकै चर्चा चलिरहेको छ । अहिले उनको फिल्मका डाईलहरु टिकटक , रिल्स र फेशबुकहरुमा भाईरल नै बनिरहेका छन् । जति सामाजिक संजालमा चर्चा छ त्यति नै फिल्महलहरुमा पनि दर्शकहरु पुगेको देख्न सकिन्छ । विराटनगरका हलहरु प्राय सधै दर्शकहरु कम हुने गर्दथे तर यसपटक भने एक साता सम्म भरिभराउ हुनु हामी चलचित्रकर्मीहरुको लागि सुखत भएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण प्रधानको भनाई छ । चलचित्र यहाँका हलहरुमा चल्नुको पछाडी दशैको विदाले पनि हुन सक्छ,‘ अर्को कुरा दुवै फिल्ममा विराटनगरका कलाकार जोडिनु पनि अर्को पक्ष रहेको हो ।’


कुन हलमा कति शो कति दर्शकले हेरे फिल्म : 

 

क्युएफएक्स विराटनगर


क्युएफएक्स विराटनगरका अनुसार बिहीबार रातीको अन्तिम शो सम्म छक्का पन्जाले २८ वटा शो पाएको थियो जसमा ४ हजार ८० जना दर्शकले फिल्म हेरेका थिए । त्यसैगरी ‘१२ गाँउ’ फिल्मले १९ वटा शो पाएको थियो जसमा २ हजार ३ सय १८ जना दर्शकले फिल्म हेरेका थिए । जितु नेपालले निर्माण गरेको ज्वाई सावले भने ६ वटा मात्र शो पाएको थियो जसमा ८९ जना दर्शकले क्युएफएक्समा फिल्म हेरेको हामीलाई प्राप्त रेर्डक छ ।
क्युएफएक्स सिनेमा विराटनगरका मार्केटिङ्ग आफिसर ईशेक माझिका अनुसार अहिले १२ गाँउ फिल्म हेर्ने दर्शकहरु बढेको छन् । आज शुक्रबारबाट ज्वाईसावको शो हटेको र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ को शो अझै बढेको माझीले आवर विराटनगरलाई जानकारी दिए । आज शुक्रबार मात्रै छक्का पञ्जाको ५ वटा शो र १२ गाँउको ४ वटा शो रहेको उनले जानकारी दिए ।

सेन्ट्रल मल्टिप्लेक्स विराटनगर


विराटगरको मेनरोडमा रहेको सेन्ट्रल मल भित्रको सेन्ट्रल मल्टिप्लेक्समा पनि छक्का पञ्जा ५ को नै वस्र्चस्व रहेको छ । छक्कापञ्जा ५ ले हरेक दिन ५ वटा सम्म शो प्राप्त गरेको छ भने केही दिन ४ वटा शो रहेको पाएको छ ।  सेन्ट्रल मल्टिप्लेक्स विराटनगरका मेनेजर सत्य प्रकाश लुनियाका अनुसार अहिले ६ हजार ४ सय ९९ दर्शकले फिल्म हेरेका छन् । १२ गाँउको दैनिक ३ देखी ४ वटा शो पाएकोमा ३ हजार ३ सय ७८ जनाका दर्शकको उपस्थिती देखिएको छ भने २ सय ७१ जनाले ज्वाईसाब हेरेका छन् । यता आजबाट सेन्ट्रल मल्टिीप्लेक्सबाट ज्वाईसाब हटेको र छक्का पञ्जा ५ र १२ गाँउलाई ४ ४ वटा शो दिएको मेनेजर सत्यप्रकाशले जानकारी दिए ।

सिटी सिनेमा विराटनगर


विराटनगर २ स्थित सिटी सिनेमा हलमा पनि छक्का पञ्जा ५ ले नै सबैभन्दा बढी शो पाएको छ । छक्का पञ्जाले अहिले सम्म ३४ , १२ गाँउ फिल्मले २१ र ज्वाई साबले ६ वटा शो पाएको सिटी सिनेमाका जनरल मेनेजर शंकर मेहताले जानकारी दिए । भोली शनिबारका लागि ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ को लागि ५–५ वटा शो दिएको मेहताले जानकारी दिए । त्यसैगरी ज्वाईसावको लागि आईतबार शो दिएको सिटी सिनेमाले जनाएको छ । यता हिमालृय हल र अरुण सिनेमा हलमा पनि छक्कापञ्जा र १२ गाँउको शो चलिरहेका छन् ।

 

आज शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज नभएका कारण छक्का पञ्जा र १२ गाँउ फिल्मले अझै पनि बजार पिट्ने आकंलन गर्न सकिन्छ । यता विराटनगरका हलहरुमा  छक्का पञ्जा र १२ गाँउ फिल्म हेरिसकेपछि विराटनगरका दर्शकहरुले राम्रो लागेको प्रतिक्रिया समेत दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्