एनपिएलमा विराटनगर किंग्सबाट ओमानी कप्तान इल्यास खेल्ने

<span class='c1'>एनपिएलमा विराटनगर किंग्सबाट ओमानी</span> <span class='c2'>कप्तान इल्यास खेल्ने</span>

विराटनगर । ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपिएलका लागि अनुबन्ध हुने भने इल्यास दोस्रा विदेशी खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गराएको थियो ।

विराटनगर किंग्सले गत साता मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ। प्रत्येक टोलीले १० नेपाली खेलाडी र ४ विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीले यस प्रतियोगितामा भाग लिनेछन्। विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् । केही साता अघि भएको एनपिएलको अक्सनबाट सहभागी हरेक टोलीले १० नेपाली खेलाडी टोलीमा भित्राएका छन् ।

विराटनगरको टिममा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ रहेका छन्।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्