सुनको मूल्य हालसम्मकै उच्च

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>हालसम्मकै उच्च</span>

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्