विराटनगर । विराटनगर महानगरपालिका ६ र ११ का स्थानीयवासीले सडककमा बाँस तेर्साएर सवारी आवगमनमा अवरोध पुर्याएका छन् ।
सुनसरी मोरङको करिडोर अन्र्तगतको हुलाकी मार्ग रामपुरदेखी ब्रमापुरा हुदै केशलिया जाने बाटो लामो समयदेखी खाल्डा खुल्डी भएका कारण धेरै सवारीसाधान दुर्घटना बढेपछि आईतबार विहान स्थानियवासीले अवरोध गरेका हुन् ।
हुलाकी मार्ग अन्र्तगतको ब्रमापुरामा रहेका दुधुवा खोलाको पुल माथी बाँस तर्साएर स्थानियवासीहरुले विराटनगर महानगरपालीकाका मेयर नागेश कोईराला उपमेयर शिल्पा निराला कार्की, ६ नम्बर वडा अध्यक्ष हरिसचन्द्र सहनी र ११ वडा अध्यक्ष तिथेन्द्र न्यौपाने विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । विरोध प्रदर्शनमा ६ नम्बर वडाका पुर्व अध्यक्ष विजय कामतको समेत उपस्थितीमा अन्य स्थानिय व्यक्तिहरुको सहभागीता रहेको थियो । उनीहरुले सुनसरीबाट आउने र विराटनगरबाट बर्जुतर्फ जाने सबै सवारी साधानलाई आउजाउमा समेत अवरोध पुर्याएका थिए ।
विरोध प्रर्दशनका क्रममा सवारी चालक र स्थानीयसबीच केहीबेर विवाद समेत भएको थियो ।
यता विरोध प्रदर्शनमा उत्रिएका स्थानीयवासी समक्ष पुगेका मेयर नागेश कोईरालाले छलफल गरेका छन् । मेयर कोईरालाले बाटो निर्माणको काम स्थानीय सरकारको नभएका कारण संघिय सरकारले गर्नुपर्ने बताएका छन् ।
आफुहरुले जिल्ला प्रशासन कार्यालयसँग समन्वयकारी भुमिका निर्वाह गरी बाटो निर्माणामा पहल गर्ने प्रतिबद्धता जनाएपछि स्थानियवासीले अवरोध बाटो खुलाएका छन् ।