विराटनगरमा कहाँबाट आउँछ पानी फल सिंघडा

<span class='c1'>विराटनगरमा कहाँबाट आउँछ</span> <span class='c2'>पानी फल सिंघडा</span>

इशु पन्त
विराटनगर । विराटनगरमा असोज–कात्तिक महिनामा ढाकीमा बिक्रीका लागि राखिएको हुन्छ पानी फल । यसलाई सिंघडा भनिन्छ । बजारमा आउने यो फल हामीले खाने परिकार समोसा आकारको हुन्छ । अर्थात् समोसा समेत पानी फल हेरेरै बनेको जस्तो लाग्छ । समोसालाई समेत कतिपयले सिंघडा नै भन्ने गरेका छन् ।

पानी फल विराटनगरमा भारत फारबिसगञ्जबाट भित्रन्छ । विराटनगरमा प्रतिकिलो १८० रुपैयाँ वा एक पावा किन्दा ४० रुपैयाँ पर्छ । विराटनगरको पुरानो गुद्रीमा सियावती ऋषिदेवले पानी फल सिंघडा लिएर बिक्रीका लागि बसेकी छिन् । यसको बहुआयमिक महत्व भएका कारण किन्नेहरु आउने गरेको बताइन् ।

नेपालमा नपाउने यो फल भारतका विभिन्न राज्यमा खेती नै गरिन्छ । खासगरी जलासयमा हुने यो फल लरहामा फल्छ । लहराले पानीमा जरा हालेर जमिनसम्म पुग्छ । यो फल लक्ष्मी पूजा, दुर्गा पूजा र बिशेष गरि छठ मातालाइ चढाउने चलन तराईमा छ । अरु बेला मकै बिक्री गरेर दैनिक जीविकोपार्जन चलाउने ऋषीदेव अहिले सिंघडा फल बिक्री गरेर आम्दानी लिने गरेको बताउँछिन् । अर्की पिंकी सोनीले अन्य फलफूलसँगै सिंघडाको पनि बिक्री गर्दै आएकी छिन् । उनले पानी फलमा धेरै घाटा नहुने बताइन् ।

सिंघडा तिनकुने आकारमा हुन्छ । यसका तीनकुनामा सिंङ जस्तो निस्किएको दुई कुना हुन्छ । यो शरीरमा भएको चिनीलाई कम गर्ने फलको रुपमा मानिन्छ । यसको बाहिरी बोक्रो तासेर खान सकिन्छ वा तासेर यसलाई पिसेर समेत खान सकिन्छ । भारतमा यसलाई तासेर मसिनो बनाउने अनि व्रत तथा उपसना बस्दा खाने गरिन्छ । नेपालमा समेत यसलाई फलाहारको रुपमा ग्रहण गरिन्छ ।

भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, उडीसा, झारखण्डमा यसको मुख्य उत्पादन हुने गरेको छ । पानीमा तीन औंला जस्तो पात फैलिएर यसको झ्याङ्ग बन्ने गरेको छ । आयुर्वेदमा समेत सिंघडा फलले शरीरलाई शीतल बनाउने, वीर्यवर्धक, कब्जियत नासक, बाथनाशक जस्ता समस्याको समाधान गर्न सक्ने फल मानिन्छ । फलफूल व्यापारी प्रदिप महतोले अब लक्ष्मी पुजा तथा छैठमा सिंघडाको माग धेरै हुने बताए । उनले बजारमा आउने यो फल तराईवासीहरुले धेरै प्रयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्