मोरङमा हाँजिर हुनै नपाई एसपी लिम्बूको काज फिर्ता, गृहमन्त्रीको निर्देशनमा चिमरियालाई पठाइयो

<span class='c1'>मोरङमा हाँजिर हुनै नपाई एसपी लिम्बूको</span> <span class='c2'>काज फिर्ता, गृहमन्त्रीको निर्देशनमा चिमरियालाई पठाइयो</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख खटाउने विषयमा प्रधानमन्त्रीलाई गृहमन्त्रीले क्रस गरेका छन् । नेपाली काँग्रेस मोरङका नेताहरुको आग्रहमा प्रहरी प्रधान कार्यालयले यस अगाडी काज खटाएका एसपी राजन लिम्बूलाई रोकेर एसपी नारायण चिमरियालाई पठाउने निर्णय भएको हो । आर्थिक लेनदेनको विवादमा एसपी नवराज कार्कीलाई अपराध अनुसन्धान विभागमा गत शुक्रबार तानिएको थियो । प्रहरी प्रधान कार्यालयले विभागका राजन लिम्बूलाई काज तोकेपनि गृहमन्त्रीले उनलाई रोकेर दुहबी दंगाका चिमरियालाई पठाएका हुन् ।

खुल्ला सीमा क्षेत्र भएको मोरङमा व्यापाक तस्करी हुने गरेको छ । त्यसमा नेपाली काँग्रेसका केहि नेताहरुको आर्थिक लाभ ईच्छा रहँदै आएको छ । एसपी लिम्बूलाई यहाँ खटाउँदा त्यसमा केहि असर पर्ने देखेपछि काँग्रेसका केहि नेताले गृहमन्त्रीसँग हात जोडेरै आग्रह गरेको बुझिएको छ । गृहमन्त्री रमेश लेखकको दवावमै प्रहरी प्रधान कार्यालयले तत्काल निर्णय सच्याएको थियो ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा मोरङमा हाजिर हुनै नपाई लिम्बूको काज फिर्ता भएको छ । लिम्बू डिएसपी हुँदा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अंगरक्षक थिए । एमाले निकटलाई प्रहरी प्रमुखमा पठाएको भन्दै काँग्रेस नेताहरुले आपत्ती जनाएपछि उनको काज रद्द गरेर चिमरिया पठाइएको बताइन्छ ।

प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । अफिसको आवश्यकताका कारण लिम्बूको निर्णय रोकिएको बताउँदै उनले नारायण चिमरियालाई पठाउने निर्णय भएको पुष्टि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्