विराटनगरको परोपकार घाटमा हुदै आएको ‘सिंघिया आरती’ ले चौतर्फी चर्चा बटुल्दै

<span class='c1'>विराटनगरको परोपकार घाटमा हुदै आएको ‘सिंघिया</span> <span class='c2'>आरती’ ले चौतर्फी चर्चा बटुल्दै</span>

विराटनगर । विराटनगर–१ स्थित परोपकारघाटको सिंघिया नदीको तटमा हुदै आएको ‘परमार्थ सिंघिया आरती’ ले धार्मिक एवंम सास्कृति धरोहरका लागि चौतर्फी चर्चा कमाईरहेको छ ।
गत साउन २५ गते नाग पञ्चमीको दिनदेखि शुभारम्भ गरिएको आरतीमा हरेक शुक्रबारसाँझ हजारौंको संख्यामा नदिको तटमा सिघिया आरती हुदै आएको छ ।अहिले सम्म झन्डै डेढ लाख भक्तजन सहभागीता जनाईसकेको ‘परमार्थ सिंघिया आरती सेवा’ समितिले जनाएको छ । वैदिक मन्त्रोच्चारण र विधि विधान सम्मत गरिने आरतीमा सहभागी हुन स्थानीयवासी मात्र नभई छिमेकी पालिकाबाट समेत भक्तजन आउने गरेका छन् । आरतीमा विराटनगर, कटहरी, धनपाल, बुढीगंगा, जहदा लगायत बर्जु गाउपालीका देखी समेत भक्तजनहरु आउने गरेका छन् ।


आरतीमा भव्यता प्रदान गर्न महिला भजन समूह र मण्डलीबाट विभिन्न मिठा भजनहरू प्रस्तुत् गर्ने गरिएको छ । आरतीप्रति अपनत्वको भाव जागृत गराउन यसका काम कारवाहीलाई पारदर्शी राख्ने हरसम्भव उपाय आवलम्बन गरिएका छन् । पारदर्शी ढंगले आरती आयोजनाका लागि जिल्ला प्रशासन कार्यालयमा ‘परमार्थ सिंघिया आरती सेवा’ नामक संस्था नै दर्ता गरिएको छ ।
आरतीले धर्म र संस्कृतिलाई समुन्नत बनाउँदै सामाजिक एकता, सद्भाव, भाइचारा र सौहार्दता कायम गर्नेतर्फ कदम अगाडि बढाउँदै लगेको महशुश स्थानीयवासीले गर्न थालेका छन् ।
आरती नियमित संचालनका लागि २५१ सदस्यीय मूल समितिको गठन गरिएको छ भने ५१ जना रहेको सल्लाहकार समूह बनाइएको छ । हरेक शुक्रबार ५ ब्राह्मणबाट ४५ मिनेट आरतीको संचालन गरिने गरिएको छ । बनारसबाट ल््याइएका पण्डित गोकुल भण्डारीले आरतीमा भाग लिने पुजारीलाई प्रशिक्षण दिने गरेका छन् ।
नवरात्र मनाउन काठमाडौबाट विराटनगर आएकी सिने नायिका एवं छक्का पञ्जाकी निर्देशक दीपाश्री निरौला परमार्थ सिंघिया आरतीमा सहभागी भएकी थिईन् । उनी आरतीबाट मन्त्रमुग्ध बनेकी थिइन् ।


पारिवारिक कार्जेको उपलक्ष्यमा आफन्तजनको नाममा पनि संकल्पका साथ आरती गर्न गराउन सक्ने व्यवस्था मिलाइएको छ जसका लागि ३ हजार १ सय रूपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ । आरतीका संरक्षक शंकर खरेलले आरतीले विराटनगरमा मात्र नभएर विराटरनगरबाहिर पनि प्रशंसा र ख्याती कमाउँदै गएको बताए । उनले विराटनगरलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न, सामाजिक सद्भाव कायम गर्न र विराटनगरवासी बीच एकताको सन्देश प्रवाह गर्न आरतीले महत्वपूर्ण भूमिका खेल्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्