मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशबाट ४० जना सडक आश्रित मानवहरुको उद्धार

<span class='c1'>मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : मधेश प्रदेशबाट</span> <span class='c2'>४० जना सडक आश्रित मानवहरुको उद्धार</span>

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा सोमबार मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरुबाट १० जनाको उद्धार गरिएको छ । जसमध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिकाबाट–१२ बाट २ जना रौटहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडाबाट ४ जना र पर्साको वीरगञ्ज महानगरपालिकाबाट ३ जना गरि १० जनाको उद्धार गरिएको हो । उद्धार हुनुभएका ७ जनालाई मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रमा र ३ जनालाई मूख्य कार्यालय हेटौँडा सेवाकेन्द्रमा आजै स्थान्तरणका लागि लगिएको छ ।

उद्धार टोली सोमबार सर्लाही, रौटहट, बारा, पर्सा जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवाामा खटिएको हो ।
असोज २८ गतेबाट पूर्वको मेचीनगरनगर नगरपालिकाबाट सुरु भएको यात्राको आठौँ दिन कार्तिक ५ गतेसम्मको अवधिमा पर्साको वीरगञ्जसम्म आइपुग्दा मधेश प्रदेशबाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरिएको हो । मधेश प्रदेशअन्तर्गत सबैभन्दा बढी सप्तरी जिल्लाबाट एकैदिन १३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो ।

त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६ बाट ३ जना र वडा– १ बाट १ जना, सप्तकोशी नगरपालिका–१ बाट ५ गरि १३ जनाको उद्धार भएको हो । त्यस्तै सिरहाको लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहाबाट ८ जना र धनुषा जिल्लाको जनकपुरधाम उपमहानगर पालिकाबाटबाट ४ जनाको उद्धार भएको हो ।

त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरबाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका(१ बाट १ जनाको उद्धार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्