विराटनगरमा सार्वजनिक स्थानमा फोहोर फ्याँक्नेलाई प्रहरीमा बुझाइयो

<span class='c1'>विराटनगरमा सार्वजनिक स्थानमा फोहोर</span> <span class='c2'>फ्याँक्नेलाई प्रहरीमा बुझाइयो</span>

विराटनगर । व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।

सहनी नयाँगुद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोलीले फोहोर फ्याल्ने व्यक्तिलाई रंगेहात नियन्त्रणमा लिएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

गुद्रीका व्यवसायीहरुले नयाँगुद्री दक्षिणस्थित खाली जमिन र फुटपाथमा फोहोर फ्याल्ने गरेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । स्थानीयको गुनासोपछि महानगरको टोलीले विशेष निगरानी बढाएको थियो । वडा सदस्य कारञ्जितले फोहोर फ्यालिरहेको देखेपछि तत्कालै महानगरको टोलीलाई खबर गरेका थिए । खबर पाउने बित्तिकै महानगरको टोली पुगेर ठेलासहित चालकलाई नियन्त्रणमा लिएको थियो । ठेला चालकको बयानपछि सहनीलाई महानगरको टोलीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको सरसफाई शाखाका किरण न्यौपानेको भनाइ छ ।

सार्वजनिकस्थलहरुमा फोहोर फ्याल्ने कार्यलाई निरुत्साहित गरी विराटनगरलाई सफा र सुन्दर बनाउन महानगरले विभिन्न ठाउँमा सिसी क्यामेरामार्फत पनि निगरानी गर्ने गरेको छ । सिसी क्यामेराको मद्दतबाट फोहोर फ्याल्नेलाई कारबाही प्रक्रियामा समेत ल्याइएको दाहालले बताए । दाहालका अनुसार सार्वजनिकस्थमा फोहोर फ्याल्नेलाई पहिलोपटक ५ देखि २५ हजार र दोस्रोपटक पनि फोहोर फ्यालेको भेटिए २५ हजारभन्दा माथि जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्