हिमालय दर्शनका विद्यार्थीलाई चीनमा इन्टर्नशिप र रोजगारीको अवसर

<span class='c1'>हिमालय दर्शनका विद्यार्थीलाई चीनमा</span> <span class='c2'>इन्टर्नशिप र रोजगारीको अवसर</span>

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले आफ्ना होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई चीनमा इन्टर्नशिप तथा रोजगारीको अवसर सिर्जना गरेको छ।

कलेजले निहाउ एडुकेसनल कन्सल्टेन्सी र चीनको वुहान टेक्नोलोजी तथा बिजनेस विश्वविद्यालयसँग यस सम्बन्धी सम्झौता गरेको हो।

कलेजका निर्देशक भेषराज पोखरेलका अनुसार विश्वकै ठूलो अर्थतन्त्र भएको चीनका प्रमुख होटल तथा रिसोर्टहरूमा विद्यार्थीहरूले सिक्ने अवसर पाउनेछन्। निहाउ एजुकेशनका बिबेक दाहालले विद्यार्थीहरूलाई चाइनिज भाषादेखि होटल म्यानेजमेन्टका विभिन्न विधामा तालिम दिइने जानकारी दिए।

दाहालका अनुसार यस्तो अवसर विराटनगरसहित पूर्वका अन्य कलेजका विद्यार्थीहरूका लागि पनि विस्तार गर्ने योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्