विराटनगरमा अपाङ्गता भएका गुरुङलाई नियन्त्रणमा लिएर २० हजार लुटियो, ज्यान मार्ने हिसाबले कुटपिट

<span class='c1'>विराटनगरमा अपाङ्गता भएका गुरुङलाई नियन्त्रणमा लिएर २०</span> <span class='c2'>हजार लुटियो, ज्यान मार्ने हिसाबले कुटपिट</span>

विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने अपाङ्गगता भएका एकजना व्यक्तिलाई विराटनगरमा टोले गुण्डाहरुले अपहरण तथा शरिर बन्धक बनाएर लुटपाटसँगै दुवै हात समेत भाँचिदिएका छन् । गोर्खाबाट विराटनगर महानगरपालिका १६ दरैया आएका ५० वर्षीय कैलाश कुमार गुरुङलाई अज्ञात समूहले अहपरण गरेर एकान्तमा पुयाएपछि मरणासन्न हुने गरि कुटपिट गरेर २० हजार लुटेका हुन् ।

साविक विराटनगर २० मा पुरानो थातथलो रहेका गुरुङ धेरैवर्षपछि फर्केका थिए । गुरुङका अनुसार उनलाई कातिक ५ गते राती विराटनगर रोडशेषबाट सिटी रिक्सामा राखेर बसपार्क हुँदै महेन्द्र चौक पश्चिम नयाँ गोल्डेन हस्पिटल पछाडीको अस्थायी टहरोमा पु¥याइएको थियो । त्यहाँ लगेपछि उनलाई बाँसले निर्घात कुटपिट गरिएको थियो । उनी बोल्न सक्दैनन् तर इसाराले उनले आफूमाथि भएको घटना बारेमा बताएका हुन् । उनलाई कात्तिक ४ गते राती रोडशेषमा केहि युवाहरुले घेरेर सोधपुछ गरिरहेको बताइएको छ । त्यसपछि बेसाहारा ठानेर त्यहि समूहले उठाएको हुनसक्ने आशंका गरिएको छ । रोडशेषबाट उठाएर महेन्द्रचौक पश्चिम राती लगेपछि मरणासन्न हुने गरि कुटपिट गरेर दुवै हात भाँचिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ ।

घाईते गुरुङका परिवार आजभन्दा १५ बर्ष अगाडी यहाँको घर जमिन बेचेर गोर्खा गएका थिए । तर, उनी केहीदिनका लागि पुरानो आफ्नो ठाउँमा घुम्न आएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । त्यही आउने क्रममा अज्ञात समुहको चङगुलमा परेर उनीसँग भएको मोवाईल र केही नगद समेत लुटपाट गरि ज्यान मार्ने नियत राखेर कुटपिट भएको हो ।

उनको दाया बाँया दुवै हातको बीच भागका हड्डी भाँचिएका छन् । टाउकोमा समेत बाँसको भाटाले हिर्काउँदा लागेको गहिरो चोटहरु छन् । त्यसैगरी उनको बाँया कान काटिएको छ । उनीमाथि भएको कुटपिटपछि उनी रग्ताम्य भएर पुरानो थातथलो पुगेका थिए । उनी त्यहाँ पुगेपछि स्थानीयवासी अनिल खतिवडाले आवर विराटनगरलाई जानकारी गराएका थिए।

घटना जानकारीमा आएपछि विराटनगर महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष उद्धव भुजेलले कोशी अस्पतालमा निःशुल्क उपचार गरिदिनको लागि सिफारिस गरिदिएका छन् । गुरुङको घर किनेका ज्ञान बहादुर राईका आफन्त र अनिल खतिवडाले सिफारिस लिएर कोशी अस्पतालमा भर्ना गराएका छन् ।

यता कोशी अस्पतालले गुरुङको केही जाँचहरु निःशुल्क गर्यो तर महङ्गो उपचार गर्न नसक्ने जनाएपछि उनको उपचारमा सहयोग गर्दै आएका अनिल खतिवडाले महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीसँग सहयोगका लागि आग्रह गरेका थिए ।

गुरुङको टाउकोमा चोट लागेका कारण सिटी स्क्यानदेखि, सर्जरी गर्नको लागि धेरै खर्च लाग्ने भएका कारण उपप्रमुख कार्कीको पहलमा संभव भएको छ । उनको हातहरु एक्सरे गर्दा दुवै हातका हड्डी भाँचिएको रिर्पोट आयो । त्यो सँगै उनको शरिरका विभिन्न अंगहरुमा गम्भिर चोट लागेको देखिएको छ । घाईते गुरुङले हातहरु चलाउन नमिल्ने भएका कारण महानगरपालिकाले एक जना सुसारे समेत राखिदिएको छ । अहिले उनको उपचार कोशी अस्पतालको अर्थोवार्डमा भईरहेको छ । खतिवडाका अनुसार विराटनगर महानगरपालिका उपप्रमुखले लिएको पहलबाट वेवारिस अवस्थाका उनको उपचारमा धेरै सहज भएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई नियन्त्रणमा लिएर मरणासन्न हुने गरि कुटपिट गरि लुटिएको घटनामा संलग्नहरुको खोजी प्रहरीले सुरु गरिसकेको बताएको छ । मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले घटना भएपछि प्रहरीले नै उद्धार गरेर कोशी अस्पताल लगेर प्राथमिक उपचार गराएको बताए । घटनामा संलग्नहरुको खोजीका लागि विभिन्न स्थानको सिसी टिभी फुटेजमा समेत कुनै रेकर्ड भेटिएको छैन । गुरुङलाई रोडशेषमा केहि युवाहरुले घेरेर बसेको सूचना दिने कोहि व्यक्ति भए उनीहरुसँग प्रहरीले सहयोगको अपेक्षा गरेको छ । प्रहरीले घटना गम्भीरतापूर्वक अनुसन्धान गर्ने र संलग्नहरुको पहिचान गरेर पक्राउ गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्