बिगो निर्धारण सम्बन्धी निर्देशिका २०८१ जारी

<span class='c1'>बिगो निर्धारण सम्बन्धी</span> <span class='c2'>निर्देशिका २०८१ जारी</span>

काठमाडौं । नेपाल सरकारका महान्यायाधिवक्‍ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९७ को उपदफा १ को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी सरकारले निर्देशिका बनाएको बताएका छन् ।

बुधबार बिगो निर्धारण सम्बन्धी निर्देशिका, २०८१ को प्रारम्भिक मस्यौदा उपर छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियोजन र अनुसन्धानको सन्र्दभमा कुनै कुराको निर्देशिका जारी गर्न परे त्यसको जिम्मेवारी मन्त्री परिषद्ले लिने बताएका हुन् ।

उनले भने, ‘बिगो निर्धारण सम्बन्धी निर्देशिका २०८१ जारी गरेका छौं । प्रतिवेदन समग्रमा हेर्ने हो भने त्यो वेभसाइटमै जानुपर्ने हुन्छ । २ सय पेज भन्दा बढीको छ । तर अहिले चाँही हामीले निर्देशिका किन तयार गर्नुपर्यो भन्दाखेरी अनुसन्धान र अभियोजनको सन्दर्भमा र कुनै कुराको सन्दर्भमा यो निर्देशिका जारी गर्नुपर्यो भने मन्त्रीपरिषद्लाई त्यो अधिकार छ । यसैका सन्दर्भमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९७ को उपदफा १ को खण्ड (क) अधिकार प्रयोग गरेर हामीले यो जारी गर्न खोजेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्