सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ

<span class='c1'>सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी</span> <span class='c2'>धम्की दिने विराटनगरका एक युवक पक्राउ</span>

विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोटो प्रयोग गरि विभिन्न वित्तीय क्षेत्रका ब्यक्तिलाई धम्की दिदैं आएको गुनासोसंगै मंगलबार हेमबहादुर खड्कालाई पक्राउ गरेको हो।

पक्राउ परेका ३० वर्षका खड्कालाई हाल थप अनुसन्धान र कानूनी कारबाहीको लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्